प्लेअफबाट बाहिरिएपछि जनकपुरका कप्तान निराश: ब्याटिङ र क्याच छाड्नुले हार भयो
सारांश
- जनकपुर बोल्ट्सका कप्तानले खराब ब्याटिङ र क्याच छुटेका कारण हार स्वीकारे।
- लुम्बिनी लायन्सका कप्तानले प्लेअफमा पुगेकोमा खुशी व्यक्त गर्दै टोलीको आत्मविश्वासको प्रशंसा गरे।
- रोहित पौडेलले प्लेअफमा राम्रो प्रदर्शन गर्ने र लुम्बिनी नै बलियो टोली रहेको दाबी गरे।
काठमाडौँ। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सका कप्तान निकोल लफ्टी इटनले लुम्बिनी लायन्ससँगको हारपछि प्लेअफको सम्भावनाबाट बाहिरिनुमा आफ्नो टोलीको खराब ब्याटिङ र महत्त्वपूर्ण क्याचहरू छोड्नु मुख्य कारण रहेको बताएका छन्।
लुम्बिनी लायन्ससँगको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै जनकपुरका कप्तान लफ्टीले आजको खेलमा राम्रो ब्याटिङ गर्न नसकिएको बताए। उनले विशेषगरी १० देखि १५ ओभरका बीचमा धेरै डट बल व्यहोर्नुले ठूलो योगफल बनाउन नसकिएको उल्लेख गरे। यद्यपि सङ्गित कुरे र मायान यादवको ब्याटिङले सम्मानजनक योगफल बनाएको भए पनि दोस्रो इनिङमा राम्रो गर्न नसकिएको लफ्टीको भनाइ छ। उनले बलिङबाट खेल जित्न सक्ने भए पनि क्याच छाड्दा टोली दबाबमा परेको बताएका छन्।
- खराब नतिजा आउँदा पनि टोलीमा विश्वास थियो: रोहित
उता, जनकपुरलाई हराएर प्लेअफमा पुगेपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले खराब नतिजा आइरहँदा पनि आफ्नो टोलीप्रति विश्वास रहेको बताएका छन्। उनले आजको महत्त्वपूर्ण क्षणमा सबै खेलाडीले राम्रो प्रदर्शन गर्दा सफलता मिलेको उल्लेख गरे।
गत सिजन लिगको अन्तिममा रहेको लुम्बिनीका लागि यसपल्ट प्लेअफमा पुग्नु भावुक क्षण रहेको भन्दै रोहितले आफूहरूलाई प्रमाणित गर्नुपर्ने भएकाले यो सफलता महत्त्वपूर्ण रहेको बताए। यस प्रतियोगितामा टोलीको प्रदर्शन 'अप एन्ड डाउन' भइरहेको भए पनि खराब नतिजापछि पुनरागमन गर्नुले टोलीमा राम्रो आत्मविश्वास देखिएको उनको भनाइ छ।
कप्तान रोहितले आजको खेलमा जेजे स्मित, डार्सी र डिकवेलले ब्याटिङमा र बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको बताए। सन्दीप जोरा र आफ्नो विकेटपछि टोलीमा दबाब परेको भए पनि स्मितको सटले खेलमा फर्किएको उनले उल्लेख गरे।
उनले यही आत्मविश्वास लिएर प्लेअफमा खेल्ने लक्ष्य व्यक्त गर्दै क्षमता अनुरूप ब्याटिङ गर्न सके प्लेअफ सुखद बन्ने विश्वास व्यक्त गरे। बलिङमा पनि राम्रो भइरहेको लय कायम राख्दा सहज हुने उनको आशा छ।
नकआउट खेलमा दुवै टोलीमा समान दबाब हुने र जसले त्यसलाई सहज रूपमा सामना गर्न सक्छ, त्यसले नै जित्ने कप्तान रोहितको भनाइ छ।
उनले प्लेअफमा पुग्ने टोलीमध्ये लुम्बिनी नै सबैभन्दा बलियो रहेको दाबी समेत गरे। उनले नेपाली खेलाडीबाट अहिलेसम्म राम्रो प्रदर्शन हुन नसके पनि प्लेअफमा राम्रो सङ्केत देखिने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण