बजार अनुगमनमा विभाग थप सक्रिय
सारांश
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई प्रभावकारी बनाइरहेको छ।
- विभागले काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारबाही गर्यो।
- सुप्रिम इण्डस्ट्रिजलाई तीन दिनभित्र कागजातसहित विभागमा सम्पर्क राख्न भनियो।
काठमाडौँ। बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ ।
विभागले काठमाडौँ महानगरपालिका–१७ नयाँबजारको ओम साइलाई रु १५ हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ र दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा १ क बमोजिम कारबाही गरिएको जनाएको छ ।
विभागले पशुपति जिपर हाउस, जेएन माउण्टेन गियर, सजिन एग्रो प्याकेजिङ ईण्डष्ट, शक्ति फुड प्रालि, सुप्रिम ईण्डस्ट्रिज, श्री रत्न रोलिङ मिल्स र बिरा फर्निचरलाई सामान्य निर्देशन दिएको छ । त्यसमध्ये सुप्रिम इण्डस्ट्रिजलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा सम्पर्क राख्न भनिएको छ ।
सो ऐनअनुसार आवश्यक कागजात नराखेको पाइएकाले कारबाहीको दायरामा ल्याइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण