बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मिरमिरे’को टिजर सार्वजनिक

शनिबार, २० मङ्सिर २०८२, ०९ : ३३
शनिबार, २० मङ्सिर २०८२

सारांश

  • यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र 'मिरमिरे'को टिजर सार्वजनिक भयो।
  • टिजरमा बुवा र छोरीको भावनात्मक सम्बन्ध देखाइएको छ, जसमा दयाहाङ राई मुख्य भूमिकामा छन्।
  • सिर्जना निङलेखु, प्रकाश सपूत र दयाहाङ राईबीचको त्रिकोणात्मक प्रेमको संकेत टिजरमा दिइएको छ।

काठमाडौँ । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ । आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको इमोस्नल सम्बन्धको कथा टिजरमा देख्न सकिन्छ ।

बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन् । यसका लागि उनी स्कुलमा काम गर्छन् । छोरीले जानअन्जानमा नै आमाको अभावको महसुस गरिरहेकी छन् । यो दयाहाङले पनि महसुस गरेका छन् । 

सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन् । उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिएको छ । दयाहाङ राई र प्रकाश सपूतसँग उनी प्रेममा रहेको हो कि भन्ने चलचित्रको संवाद र दृश्यले देखाएको छ । 

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलकाे अभिनय छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर हुन्। यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप