१३औं कोरियन एम्बेस्डर तेक्वान्दो : अमिर भ्लोन र भरत सिंह महता चम्किए
शनिबार, २० मङ्सिर २०८२, १४ : १२
सारांश
- अमिर भ्लोनले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जिते।
- विवेक श्रेष्ठ, भरत सिंह महता र दिपेश महतले पनि स्वर्ण पदक जिते।
- नेपालले पारा तेक्वान्दो सहित विभिन्न विधामा सफलता हासिल गर्यो।
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको मिसन २०२६ का पारा तेक्वान्दो खेलाडी अमिर भ्लोनले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा शुक्रबार भएको पारा तेक्वान्दोको के४४ विधा अन्तर्गत पुरुष ६३ केजी मुनिको तौल समूहमा भ्लोनले संखुवासभाका पासाङ शेर्पालाई पराजित गर्दै स्वर्ण जिते। यसै समूहमा बाजुराका लोकराज शाही ठकुरीले कास्य पदक प्राप्त गरे।
यस च्याम्पियनसिपमा नेपालले अन्य विधामा पनि सफलता हासिल गरेको छ।
- पुरुष ५४ केजी मुनि: चितवनका विवेक श्रेष्ठले भुटानका टाँशी रिग्देन दोर्जीलाई फाइनलमा हराउँदै स्वर्ण जिते। झापाका निश्चल प्रसाईले कास्य पाए।
- पुरुष ५८ केजी मुनि: पारालिम्पियन भरत सिंह महताले पाकिस्तानका जोन शलिमलाई पराजित गर्दै स्वर्ण पदक जिते।
- पारा तेक्वान्दोको के४१ विधा, पुरुष ५८ केजी मुनि: दिपेश महतले फाइनलमा भारतका प्रमोद प्रसादलाई हराएर स्वर्ण जिते।
- महिला के४४ विधा, ४७ केजी मुनि: नुवाकोटकी रेनु तामाङ पहिलो भइन्। उनले फाइनलमा इलामकी कामना प्रसाईलाई पराजित गरेकी थिइन्।
- पुम्सेतर्फ, पि३० विधा: चितवनका विक्रम श्रेष्ठले सुनसरीका सुबास चन्द्र राईलाई पराजित गरी स्वर्ण पदक हात पारे।
प्रतियोगिता संयोजक भान बहादुर चन्दका अनुसार च्याम्पियनसिप अन्तर्गत पारा तेक्वान्दोमा नेपालसहित भारत, पाकिस्तान र भुटानका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण