राष्ट्रिय चुनौती सामना गर्न केपी शर्मा ओलीलाई नै पुनः पार्टी नेतृत्व दिनुपर्छ : पोखरेल
सारांश
- एमाले महासचिव शङ्कर पोखरेलले केपी शर्मा ओलीलाई पार्टीको आगामी नेतृत्व दिन लागिएको बताए।
- उनले ओली मुलुकको राजनीतिक चुनौती सामना गर्न सक्ने र पार्टीको भविष्य सुरक्षित गर्न योग्य रहेको बताए।
- पोखरेलले ओलीमाथिको घेराबन्दीलाई नेपाल राष्ट्रलाई कमजोर बनाउने प्रयासको रूपमा व्याख्या गरे।
काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतीहरू सामना गर्नसक्ने योग्य नेता भएकाले पार्टीको आगामी नेतृत्व पुनः केपी शर्मा ओलीलाई दिन लागिएको बताएका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११औँ महाधिवेशन प्रचार समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली मुलुकको राजनीतिको चुनौतीलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने बताए। राष्ट्रिय राजनीतिको चुनौतीलाई सामना गर्न र पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्न पनि ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनुपर्ने उनको तर्क थियो।
महासचिव पोखरेलले पार्टी नेतृत्व ओलीमाथि चौतर्फी घेराबन्दी गरिएको र त्यसको उद्देश्य मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोज्नु रहेको उल्लेख गरे। उनले भने, ‘त्यो आक्रमण र घेराबन्दी व्यक्ति केपी शर्मा ओलीमाथिको घेराबन्दी र आक्रमण होइन। एमाले पार्टी, त्यसले अवलम्बन गर्ने नीतिहरू र नेपाल राष्ट्रलाई कमजोर बनाउनका लागि गरिएको घेराबन्दी हो भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ।’

उनले नेपालको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्ने एक मात्र पार्टीको रूपमा नेकपा एमाले रहेको र त्यसको विशेष नेतृत्वमा केपी शर्मा ओली रहेको बताए। उनले ओली राष्ट्रिय राजनीतिमा स्थापित भइसकेको नेता भएको उल्लेख गर्दै भने, ‘हामीले उहाँलाई महाधिवेशनको माध्यमबाट स्थापित गर्न खोजेको होइन। हामीले उहाँलाई राष्ट्रिय राजनीतिको चुनौतीहरू सामना गर्न सक्ने योग्य नेताको रूपमा नेतृत्व प्रदान गर्न खोजेका हौँ।’
महासचिव पोखरेलले पार्टीमा एकताको खाँचो रहेको औँल्याउँदै प्रतिस्पर्धाको सट्टा एकताबद्ध भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे। उनले कमरेड केपी ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिक चुनौतीहरूलाई सामना गर्न र पार्टीको प्रतिष्ठा एवं भविष्य सुरक्षित गर्ने अभियानमा जुट्न पनि सबैलाई आग्रह गरे। उनले सबैलाई पार्टी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पनि आह्वान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण