गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
सारांश
- भारतको गोवास्थित नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।
- आगलागी क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा लागेको प्रहरीको अनुमान छ।
- मुख्यमन्त्रीका अनुसार तीन जना जलेर र अरू निसास्सिएर मरेका हुन्, जसमा केही पर्यटक पनि परेका छन्।
गोवा । भारतको तटीय क्षेत्र गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ ।
गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। अधिकांश शवहरू भान्सा वरपर फेला परेकाले पीडितहरू क्लबका कर्मचारी रहेको संकेत मिलेको उनले थपे।
द इन्डियन एक्सप्रेसका अनुसार उक्त आगलागी तटीय क्षेत्रको सबैभन्दा लोकप्रिय समुद्र तटमध्ये एक बागामा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा भएको थियो।
मुख्यमन्त्री प्रमोद सावन्तले पत्रकारहरूलाई बताएअनुसार तीन जनाको जलेर र अरूको निसास्सिएर मृत्यु भएको छ। उनले 'तीन वा चार' पर्यटकहरूको मृत्यु भएको जानकारी दिए, जसको उमेर र राष्ट्रियता अझै खुल्न सकेको छैन।
आगलागीको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरिएको र लापरबाही गर्नेहरूलाई कडा कारबाही गरिने मुख्यमन्त्री सावन्तले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण