एसेजमा अस्ट्रेलियालाई २–० को अग्रता
सारांश
- अस्ट्रेलियाले दोस्रो टेस्टमा इङ्ल्याण्डलाई ८ विकेटले हराएर शृङ्खलामा २-० को अग्रता लियो।
- अस्ट्रेलियाले जितका लागि ६५ रनको लक्ष्य पछ्याउँदै २ विकेट गुमायो, जसमा स्मिथले २३ रन बनाए।
- पहिलो इनिङ्समा इङ्ल्याण्डले ३३४ रन बनायो भने अस्ट्रेलियाले ५११ रन बनायो, स्टार्कले ६ विकेट लिए।
ब्रिसबेन । दोस्रो टेस्टमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलियाले एसेज टेस्ट शृङ्खलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा पनि टोली समान अन्तरले विजयी बनेको थियो ।
दिवा–रात्रि टेस्टमा आइतबार अस्ट्रेलियाले जितका लागि ६५ रनको झिनो लक्ष्य पाएको थियो । अस्ट्रेलियाले मात्र २ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।
कप्तान स्टिभ स्मिथ अविजित रहँदै ९ बलमा सर्वाधिक २३ रन जोडे । उनले २ चौका र २ छक्का प्रहार गरे । ट्राभिस हेडले २२ बलमा २२ रन बनाए भने जेक वेदराल्ड १७ रन बनाउँदै नटआउट रहे ।
यसअघि, इंग्ल्याण्डले पहिलो इनिङ्समा ३३४ रन बनाएको थियो । टोलीका लागि जो रुटले सर्वाधिक १३८ रनको योगदान दिए भने मिचेल स्टार्कले ६ विकेट हात परे ।
जवाफमा अस्ट्रेलियाले ५११ रन बनायो । पाँच खेलाडीले अर्धशतक बनाउँदा स्टार्कले नै सर्वाधिक ७७ रन जोडे । दोस्रो इनिङ्समा भने इंग्ल्याण्ड मात्र २४१ रनमा सीमित बन्यो । कप्तान बेन स्टोक्सले ५० रन बनाउँदा माइकल नेसरले ५ विकेट लिँदै इंग्ल्याण्डको इनिङ्स ध्वस्त बनाए ।
अब तेस्रो टेस्ट डिसेम्बर १७ मा एडिलेडमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण