नेप्सेको ओरालो यात्रा कायमै, २१.४८ अंकले घट्दा कारोबार रकममा भने सुधार
सारांश
- आइतबार नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा पुगेको छ।
- कारोबारमा आएका ३२५ कम्पनीको शेयरमध्ये तीनवटाको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो।
- जलविद्युत उपसमूह सबैभन्दा धेरै १.२२ प्रतिशतले घट्यो भने १३ वटै उपसमूहका परिसूचक घटे।
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।
गत साताको सुरुवातदेखि ओरालो लागेको शेयर बजारले आइतबार पनि निरन्तरता दिएको हो । आइतबार नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
यस्तै, सेन्सेटिभ इण्डेक्स २.७० अंकले, फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंकले घटेको छ ।
आइतबार कारोबारमा आएका ३२५ कम्पनीको १ करोड ७ लाख १८ हजार कित्ता शेयरको कारोबार ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारका दिन ५ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो ।
बजार घटेपनि तीनवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र झापा इनर्जीको शेयरमूल्यमा सर्किट लागेको हो । तर यता बुङ्गल हाइड्रोको शेयरमूल्यमा भने गिरावट आएको छ । उक्त कम्पनीको शेयरमूल्य ८.५१ प्रतिशतले घटेको छ ।
आइतबार कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक घटेर बजार राताम्मे भएको छ । सबैभन्दा धेरै जलविद्युत उपसमूह १.२२ प्रतिशतले घटेको छ । यसका साथै वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेका छन् ।
कारोबार रकमका आधारमा सागर डिष्टिलरी कम्पनीको ४३ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको साढे ३२ करोड र बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब साढे १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण