१०७ दललाई आयोगले दियो चुनाव चिन्ह
आइतबार, २१ मङ्सिर २०८२, १७ : ५३
सारांश
- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ।
- आयोगमा दर्ता भएका १४३ दलमध्ये १०७ राजनीतिक दलले चुनाव चिन्ह पाएका छन्।
- ११४ दल निर्वाचनमा सहभागी हुनेछन्, जसमा ५ दल संयुक्त र १०२ दल एक्लै चुनाव लड्नेछन्।
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरू निर्वाचन चिन्ह प्रदान गरेको छ । मङ्सिर १ देखि १४ गते सम्म आयोगमा दर्ता भएका दलहरूलाई आइतबार चुनाव चिन्ह प्रदान गरेको हो ।
आयोगमा दर्ता भएको १४३ दलमध्ये १०७ राजनीतिक दलले चिन्ह प्रदान गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ११४ दल निर्वाचनमा सहभागी हुनेछन् ।
तीमध्ये ५ दल एक चिन्ह लिएर संयुक्त निर्वाचनमा भाग लिनेछन् । एक सय २ दल एक्ला एक्लै निर्वाचनमा भाग लिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण