दोस्रो इन्टर–बैंक फुटसल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ हिमालयन र महिलातर्फ नबिल बैंक विजेता
बुटवल । नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ, सिद्धार्थनगर समिति रुपन्देहीद्वारा आयोजित दोस्रो इन्टर–बैंक फुटसल प्रतियोगिता २०८२ योगिकुटि स्थित स्वर्णिम फुटसलमा आइतबार सम्पन्न भएको छ ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ हिमालयन बैंक विजेता बन्दै ७५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक उप–विजेता बन्दै ५० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । त्यस्तै महिलातर्फ नबिल बैंक विजेता बन्दा एनआइसी एसिया बैंक उपविजेता बनेको छ । महिलातर्फ विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई जनही ५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने क्वार्टर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ द म्याच पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूबाट एक गोलरक्षक, एक स्ट्राइकर र तीन अल–राउण्डरसहितको ‘ड्रीम फाइभ’ टोली अम्पायर प्यानलले छनोट गरी घोषणा गरेको थियो ।
प्रतियोगिताको मुख्य प्रायोजक साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क रहेको थियो भने सह प्रायोजकमा ग्लोबल आइएमई बैंक, नबिल बैंक र गरिमा विकास बैंक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण