बिग बोस १९ को उपाधि गौरव खन्नाले जिते, फरहाना भट्ट उपविजेता
सारांश
- गौरव खन्नाले बिग बोस १९ को उपाधि जितेका छन्, फरहाना भट्ट उपविजेता बनिन्।
- विजेता गौरव खन्नाले ५० लाख नगद पुरस्कार प्राप्त गरे।
- फिनालेमा कार्तिक आर्यन, अनन्या पाण्डे, पवन सिंह लगायतका कलाकारको उपस्थिति थियो।
मुम्बई । भारतीय रियालिटी शो बिग बोस १९ को उपाधि गौरव खन्नाले जितेका छन्। मुम्बईमा आइतबार भएको ग्रान्ड फिनालेमा फरहाना भट्ट उपविजेता बनिन्।
प्रतियोगितामा अमाल मलिक पाँचौँ, तान्या मित्तल चौथो र प्रणीत मोरे तेस्रो स्थानमा रहे। विजेता बनेका गौरव खन्ना चर्चित टिभी अभिनेता हुन्। उनी 'सीआईडी' र 'अनुपमा' जस्ता लोकप्रिय टिभी शोहरूमा देखिइसकेका छन्। शो जितेबापत गौरवलाई बिग बोसको ट्रफीसँगै ५० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त भएको छ।
ग्रान्ड फिनालेमा बलिउडका चर्चित हस्तीहरू कार्तिक आर्यन, अनन्या पाण्डे, अरमान मलिक र करण कुन्द्रा लगायत धेरै कलाकारहरूको उपस्थिति रहेको थियो।
भोजपुरी सुपरस्टार पवन सिंह पनि फिनालेमा सहभागी भए। उनलाई लरेन्स ग्याङले शोमा सहभागी नहुन धम्की दिएको भए पनि उनी कार्यक्रममा पुगेका थिए।
यस सिजनको सुरुवात अगस्ट २४ मा भएको थियो र कुल १८ प्रतिस्पर्धीहरू सहभागी भएका थिए। फिनालेको क्रममा शोका होस्ट सलमान खान अभिनेता धर्मेन्द्रलाई सम्झँदै भावुक भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण