सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु
सारांश
- सोमालियामा भ्यागुते रोगका कारण ५० बालबालिकाको मृत्यु भएको छ।
- रोगबाट एक हजारभन्दा बढी बालबालिका सङ्क्रमित भएका छन्, स्वास्थ्य मन्त्रालयले जनाएको छ।
- खोप अभियान डिसेम्बर १५ देखि सुरु हुने र पाँच दिनसम्म चल्नेछ।
सोमालिया । सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको मृत्यु हुनुका साथै एक हजार अन्य सङ्क्रमित भएको सोमालियाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले आइतबार बताएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी उक्त रोगका कारण ५ देखि १५ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “यस ‘खतरनाक अवस्था’ लाई सम्बोधन गर्दै मन्त्रालयले रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरेको छ, खोप डिसेम्बर १५ देखि सुरु हुनेछ र पाँच दिनसम्म चल्नेछ।”
“गाउँ, स्वास्थ्य संस्था र विद्यालयमा रहेका सबै बालबालिकालाई खोप लगाइने छ”, मन्त्रालयले भनेको छ। यसलाई ‘घातक रोग’ को रूपमा वर्णन मन्त्रालयले अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई खोप तथा उपचारका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गरेको छ ।
यो चेतावनी सोमालियामा बिग्रँदो मानवीय अवस्था, बाढी र खडेरीलगायत निरन्तर द्वन्द्व र जलवायु परिवर्तनका झट्काहरूले जटिल बनाइरहेको बेला आएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण