थाइल्याण्ड र कम्बोडियाबिच फेरि सुरु भयो युद्ध
सोमबार, २२ मङ्सिर २०८२, १० : २१
बैंकक । थाइल्याण्ड र कम्बोडिया फेरि एक पटक युद्ध मोर्चामा आमनेसामने भएका छन् । थाइल्याण्डले सोमबार कम्बोडियाको विभिन्न सैन्य अखडामा हवाई हमला गरेको छ ।
गत जुलाइ महिनामा यी दुई मुलुकबिच युद्ध भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा दुवै मुलुकले युद्धविराम सम्झौता गरे पनि फेरि एक अर्कामाथि हमला गर्न थालेका हुन् ।
थाइल्याण्डको सेनाले कम्बोडियाद्वारा आर्टिलरी र मोटार फायर गरेपछि जबाफी कारबाही गरिएको जनाएको छ । कम्बोडियाले गरेको हमलामा आफ्नो एक सैनिकको मृत्यु भएको भन्दै थाइल्याण्डले जबाफी हमला थालेको हो । कम्बोडियाले भने सीमा क्षेत्रमा केही दिनदेखि थाइल्याण्डको सेनाले उक्साउपूर्ण गतिविधि गर्दै आएको र सोमबार बिहान पहिलो हमला गरेको आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण