सेयर बजार
आधा घण्टामै रिलायन्सको आईपीओ ‘ओभर सब्सक्राइभ’
सोमबार, २२ मङ्सिर २०८२, ११ : २२
सारांश
- रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्कासन भएको आधा घण्टामै ओभर सब्सक्राइब्ड भयो।
- कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरूका लागि १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो।
- एक घण्टामा १ लाख १८ हजार ३४० कित्ताका लागि आवेदन परेको र मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ।
काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्कासन भएको आधा घण्टा (साढे १० बजेसम्म) मै ‘ओभर सब्सक्राइभ’ भएको छ । कम्पनीले आज (सोमबार) देखि वैदेशिक रोजगारीमा गएकाहरूको लागि १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत कित्ता सेयर निष्कासन गरेको छ । आईपीओ निष्कासन भएको एक घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेको कम्पनीले जनाएको छ ।
विभिन्न ३६ बैंकबाट १ हजार ९७० लगानीकर्ताले आवेदन दिएका छन् । वैदेशिक रोजगारीमा गएकाहरूको लागि मङ्सिर २५ (बिहीबार) सम्म आवेदन दिन सक्नेछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण