युवराजको प्रस्टीकरण : सिस्टम बसाउन ईश्वरलाई अघि सारेका हौँ
सारांश
- एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा सिस्टम बसाउन ईश्वर पोखरेललाई अध्यक्षको लागि अघि सारेको बताए।
- ज्ञवालीले सामूहिक नेतृत्व प्रणाली व्यवहारमा लागू नभएको र नीतिलाई प्राथमिकता दिनुपर्ने बताए।
- उनले पार्टीमा भएका त्रुटिहरूको आत्मसमीक्षा हुनुपर्ने र भ्रष्टाचार विरोधी मागको समर्थन गर्नुपर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेमा सिस्टम बसाउन ११ औँ महाधिवेशनमा नेता ईश्वर पोखरेलाई अध्यक्षका लागि अघि सारेको बताएका छन् । सोमबार ईश्वर पोखरेल समूहले राजधानीमा आयोजना गरेको अन्तरक्रियामा सामूहिक नेतृत्व प्रणाली व्यवहारमा लागू नभएकाले नयाँ नेतृत्वमा जान चाहेको बताए ।
‘सामूहिक नेतृत्व नै लोकतन्त्रको उन्नत लोकतन्त्रको महत्त्वपूर्ण विशेषता हो’, ज्ञवालीले भने– ‘सामूहिक नेतृत्व नभएको लोकतन्त्र सुदृढ, बलियो, टिकाउ र सफल हुन सक्दैन ।’
नेता ज्ञवालीले सामूहिक नेतृत्व प्रणाली स्थापित गर्न नयाँ नेतृत्वमा जान चाहेको बताए । उनले नीति प्रधान कि नेता प्रधान भनेर गम्भीर प्रश्न उठेको भन्दै एमालेमा नेता प्रधान भन्ने स्थापित गर्न खोजिएकाले त्यसमा आफूहरूको असहमति रहेको बताए ।
‘नीतिका आधारमा देश, पार्टी चल्नुपर्छ भन्ने मान्यतालाई पुनर्स्थापित गर्न चाहन्छौँ, त्यसकारण हामी हाम्रो नेता फेर्न चाहन्छौँ ।’ उनले आलोचना विनाको डेमोक्रेसी नहुने पनि बताए ।
‘आलोचना विनाको कम्युनिस्ट पार्टी हुँदैन, डेमोक्रेसी हुँदैन । जतिसुकै राम्रो काम गर्दा पनि त्रुटि हुन सक्छन् तर आत्मसमीक्षा गर्नुपर्छ । तर हाम्रो पार्टीमा गल्ती भएको छैन राम्रो मात्र भएको छ भनिएको छ यो करेक्सन हुनुपर्छ ।’
अध्यक्ष ओलीका पालामा राम्रा र नराम्रा दुवै काम भए पनि नराम्रा कामको आत्मसमिक्षा गर्न नसकिएको ज्ञवालीको भनाइ छ । उनले भदौ २३ गते जेनजीले उठाएका भ्रष्टाचार विरोधी माग जायज भएको भन्दै ती मागको समर्थन गर्नुपर्ने बताए । तर २४ गते जनेजीका नाममा भएको विध्वंसलाई स्वीकार गर्न नसकिने ज्ञवालीको भनाइ छ ।
उक्त क्षति आफ्नो पार्टीको नेतृत्वको सरकारका पालामा भए पनि त्यसको कारण खोज्न नलागेकोमा असन्तुष्टि पोख्दै नेतृत्वले विदेशी षडयन्त्र भनेर टारेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण