वनमा ‘आगलागी नियन्त्रण’को नाममा भ्रष्टाचार, अख्तियारले चलायो मुद्दा
सारांश
- जाजरकोटको सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ, नक्कली बिल बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२/७३ र ७३/७४ को लेखापरीक्षण खर्चमा अनियमितता गरेको जनाएको छ, जसमा १ लाख ३० हजार रुपैयाँ हिनामिना भएको थियो।
- वन समूहको निर्णय पुस्तिकामा ४ लाख ७३ हजार रुपैयाँ खर्च भएको देखाइए पनि स्थलगत निरीक्षण गर्दा काम नभएको पाइएको छ, र अन्य नक्कली खर्चहरू पनि फेला परेका छन्।
काठमाडौं । काम नै नगरी नक्कली बिल भरपाई बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा जाजरकोटको एक सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित ‘चुली डडमेला सामुदायिक वन उपभोक्ता समूह’ का तत्कालीन अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
आयोगले अनुसन्धानका क्रममा पदाधिकारीहरूले वनको रकम निकासा गरी आफूखुसी चलाएको र त्यसलाई छोप्न विभिन्न नक्कली शीर्षक खडा गरेको पाइएको जनाएको छ ।
आर्थिक वर्ष २०७२/७३ र ७३/७४ को लेखापरीक्षण खर्च जम्मा १० हजार रुपैयाँ लागेकोमा १ लाख ४० हजार रुपैयाँ निकासा गरी १ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको भनाइ छ ।
यसैगरी वन समूहको निर्णय पुस्तिकामा ४ लाख ७३ हजार रुपैयाँ खर्च भएको देखाइएको तर अख्तियारको टोलीले स्थलगत निरीक्षण गर्दा सो काम नै नभएको पाइएको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
यसैगरी वनमा आगलागी नियन्त्रणका लागि ५२ जना खटिएको भन्दै २ लाख ३७ हजार ५०० रुपैयाँको नक्कली भरपाई बनाएर खाएको तथा वन हेरालु नै नराखी ९० हजार रुपैयाँ तलब बापत खर्च देखाएको पनि अख्तिायारको अनुसन्धानबाट खुलेको छ ।
यो प्रकरणमा अख्तियारले वन समूहका तत्कालीन अध्यक्ष अमृते दमाई र कोषाध्यक्ष धनसरी राना विरुद्ध ९ लाख ६५ हजार ८७३ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको माग गरेको छ।
यस्तै, तत्कालीन सचिव रामकुमारी राना विरुद्ध ८ लाख ४० हजार ८७३ रुपैयाँ बिगो दाबी गरिएको छ।
घटनामा दर्तावाल लेखापरीक्षक भोजराज शर्मा पाण्डेको समेत मिलेमतो देखिएको भन्दै अख्तियारले उनीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण