जर्सिङ पौवामा फिल्म ‘परिवर्तन’ को गीत छायाङ्कन हुँदै
सारांश
- आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म 'परिवर्तन' को गीतको छायाङ्कन भइरहेको छ।
- फिल्ममा सुशील श्रेष्ठ र अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ, जसमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।
- विजय केरुङको निर्देशन रहेको फिल्म एक्सन-सस्पेन्स विधामा निर्माण भएको छ।
काठमाडौँ । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘परिवर्तन’ । फिल्मको यतिबेला जर्सिङ पौवामा ‘झपाकेको चिउरी’ बोलको एक गीतको छायाङ्कन भइरहेको छ । जसमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली नाचिरहेका छन् । उनीहरूलाई नचाउने काम कोरियोग्राफर रामजी लामिछानेले गरेका छन् । गीतमा थुप्रै कोरस समेत प्रयोग गरिएको छ ।
एसडी योगी र रेश्मा पुनको स्वर रहेको गीत फिल्मका लागि निकै महत्त्वपूर्ण भएकोले अहिले छायाङ्कन गरिएको निर्देशक विजय केरुङले बताए । निर्देशक केरुङका अनुसार गीतको छिट्टै सम्पादन सकेर प्रचारका लागि समेत प्रयोग गरिनेछ ।
दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको सो फिल्ममा सुशील र अञ्जनाका अलवा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेको मुख्य भूमिका छ ।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्मको निर्देशक केरूङ हुन् भने दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको छ । फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत रहने यो फिल्ममा द्वन्द्व श्री श्रेष्ठको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण