चीनले जापानी लडाकु विमानको फायर कन्ट्रोल राडार नै लक गरिदिएपछि...
सारांश
- जापानले चिनियाँ लडाकु विमानले फायर कन्ट्रोल राडार लक गरेको आरोप लगाएको छ, जुन ओकिनावा नजिकै भएको थियो।
- जापानले चीन समक्ष आपत्ति जनाएको छ भने चीनले भने आरोप अस्वीकार गर्दै सैन्य अभ्यासको क्रममा घुसपैठ भएको जनाएको छ।
- ताइवानको विषयलाई लिएर दुई देशबीचको सम्बन्ध थप चिसिएको छ, जापानी प्रधानमन्त्रीको भनाइपछि चीनले आपत्ति जनाएको थियो।
टोकियो । जापानले आफ्ना लडाकु विमानको फायर कन्ट्रोल राडारलाई चिनियाँ लडाकु विमानले ‘लक’ गरिदिएको आरोप लगाएको छ ।
उक्त घटना शनिबार भएको जापानले जनाएको छ । ओकिनावा द्वीप नजिकै अन्तर्राष्ट्रिय जल क्षेत्रमा उक्त घटना भएको जापानको आरोप छ ।
लडाकु विमानको फायर कन्ट्रोल राडार लकलाई क्षेप्यास्त्र प्रहार गर्नु अघिको चरणका रूपमा लिइन्छ । युद्धका क्रममा दुश्मन पक्षको लडाकु विमानको फायर कन्ट्रोल राडार लक गरेपछि मात्र त्यसलाई निशाना बनाएर क्षेप्यास्त्र प्रहार गरिन्छ ।
जापानी अधिकारीका अनुसार चिनियाँ ‘जे–१५’ फाइटर जेटले जापानको एयर सेल्फ डिफेन्स फोर्सको विमानलाई दुई पटक फायर कन्ट्रोल राडार लक गरेको हो । यद्यपि उक्त घटनामा कुनै प्रकारको क्षति नभएको जापानी रक्षा मन्त्रालयले जनाएको छ ।
उक्त घटनालाई लिएर जापानले चीनसमक्ष कडा आपत्ति प्रकट गरेको छ ।
चीनले भने जापानको आरोपलाई अस्वीकार गरेको छ । आफूले सैन्य अभ्यास गरिरहेको समयमा जापानी लडाकु विमानले पटक–पटक घुसपैठ गरेको चीनको आरोप छ ।
चीन र जापानबिच पछिल्लो समय सम्बन्ध थप चिसिएको छ । ताइवानको विषयलाई लिएर दुई मुलुकबिच सम्बन्ध थप चिसिएको हो । जापानी प्रधानमन्त्रीले चीनद्वारा ताइवानमा सैन्य कारबाही गरिएमा जापानले आफ्नो सेनालाई पठाउने बताएपछि चीनले कडा आपत्ति जनाएको थियो । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण