एमालेसँग एकता प्रक्रियामा सामेल हुन वामपन्थी दलहरूलाई ईश्वर पोखरेलको अपिल
सारांश
- वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई वाम लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न एकताको लागि अपिल गरे।
- उनले एमालेलाई नै मूल शक्ति मानेर एकता प्रक्रियामा आउन वामपन्थी शक्तिलाई आग्रह गरे।
- पोखरेलले २०७५ सालको एमाले र माओवादीबीचको एकता व्यवस्थित नभएको बताए।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकता प्रक्रियामा सामेल भई एमालेलाई वाम लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न अपिल गरेका छन् । पार्टीको ११ औँ महाधिवेशन सम्बन्धमा अवधारणा पत्र सार्वजनिक गर्दै उनले एमालेलाई नै मूल शक्ति मानेर एकता प्रक्रियामा आउन सम्पूर्ण वामपन्थी शक्तिलाई अपिल गरेका हुन् ।
पार्टीको हरेक महाधिवेशनमा संयुक्त मोर्चा, वामपन्थी एकता र एकीकरणका विषयमा छलफल हुँदै आएकोमा पछिल्लो समयमा यी विषय ओझेलमा परेको उनले उल्लेख गरेका छन् । २०७५ सालमा एमाले र ‘माओवादीबिच भएको एकता ऐतिहासिक र महान् भनिएको भए पनि व्यवस्थित तयारीबिना अपरिपक्व ढङ्गले गरेको कारण निरन्तरता नभएको उनको निष्कर्ष छ ।
माओवादी एकतालाई ‘ऐतिहासिक र महान्’ भनिएको भए पनि व्यवस्थित तयारीबिना अपरिपक्व ढङ्गले गरिएका कारण त्यसले निरन्तरता पाउन सकेन । त्यसको गम्भीर समीक्षा हुन आवश्यक छ’, उनले भनेका छन् । पाँचौँ राष्ट्रिय महाधिवेशनमा जबजलाई कार्यक्रमको रूपमा प्रस्तुत गर्दा जननेता मदन भण्डारीले संयुक्त मोर्चा, वामपन्थी एकता र
एकीकरण बारेमा गर्नुभएको विश्लेषणलाई हामीले अहिलेको सन्दर्भमा परिष्कृत र उन्नत बनाउनु आवश्यक रहेको पोखरेलले भनेका छन् ।
‘यस राष्ट्रिय महाधिवेशनले जबजको आधार र नेकपा (एमाले) को अगुवाइमा नेपालको वामपन्थी आन्दोलनको एकता र एकीकरणको प्रस्तावलाई महत्त्वपूर्ण कार्यभारको रूपमा अघि सार्नुपर्दछ । हामी यिनै मान्यताका आधारमा सम्पूर्ण वामपन्थी शक्ति तथा व्यक्तिहरूलाई नेकपा (एमाले) सँगको एकता प्रक्रियामा सामेल भई नेकपा (एमाले) लाई वाम लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न हार्दिक अपिल गर्दछौँ’, अवधारणा पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण