एनपीएल सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गर्ने भएको छ ।
अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धनप्राप्त काठमाडौँको थापागाउँ, बानेश्वरस्थित उक्त कलेजले प्रत्येक दिनको खेलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ द्वारा सम्मान गरिने जनाएको छ ।
प्रतियोगिताभर सर्वाधिक रन बनाउने एक खेलाडीले प्रतियोगिता समाप्त भएको दिन प्लाटिनम क्याप प्राप्त गर्ने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । क्यानसँगको सहकार्यमा प्रदान गरिने उक्त क्याप पाएका खेलाडीले आगामी खेलमा पनि सोही प्लाटिनम क्याप लगाएर मैदानमा उत्रिनेछन् ।
प्रतियोगिता दौरान सर्वाधिक रन बनाउने एडम रोसिङटन, मार्क वाट र रबि बोपाराले यो क्याप लगाएका थिए । हाल पोखरा एभेन्जर्सका विदेशी खेलाडी एडम रोसिङटन सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन्, यसकारण उनी अहिले प्लाटिनम क्याप होल्डर छन् ।
एनपीएलको सुरुवातदेखि नै अफिसियल एजुकेसन पार्टनर रहेको कलेजले एनपीएलको फाइनल खेलपछि सबैभन्दा बढी रन बनाउने खेलाडीलाई विशेष उपहार दिने योजना रहेको बताएको छ । प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन तथा पाँच वर्षदेखि आइटी संकायमा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ ।
खेलकुदले युवाको क्षमता र मनोवल बढाउने विश्वास राख्दै एनपीएलमा थप प्रेरणा जगाउने उद्देश्यले विशेष कार्यक्रम तथा पुरस्कार घोषणा गरिएको केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण