लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना
सारांश
- लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण आयोजना गरिएको छ, जसमा दुवै देशका कलाकारहरूको प्रस्तुति रहेको थियो।
- महोत्सवमा बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य र नेपाली ब्यान्ड घुगुमुगुको प्रस्तुतिले दर्शकलाई आकर्षित गर्यो।
- कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्ध सुदृढ पार्न र जनता-जनताबीचको सम्बन्ध बढाउन सहयोग पुर्यायो।
काठमाडौँ । लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण आयोजना गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा मङ्सिर २२ गते भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण आयोजना गरेको हो ।

बौद्ध धर्ममा केन्द्रित हुँदै आयोजना गरिएको सो कार्यक्रममा भारत र नेपाल दुवैको समृद्ध सांस्कृतिक सम्पदा र परम्परालाई उत्सवका रूपमा मनाइएको हो।
कार्यक्रममा भारत र नेपाल दुवै देशका चर्चित कलाकारहरूको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा ६ सदस्यीय आईसीसीआर समूहले बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेका थिए भने साँझमा नेपाली ब्यान्ड घुगुमुगुले परम्परागत सङ्गीतको प्रस्तुति दिएको थियो।

महोत्सवका क्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘इन्डिया–नेपाल बुद्धिस्ट हेरिटेजः अ कमन लिगेसी’ शीर्षकमा एक शैक्षिक गोष्ठी समेत आयोजना गरिएको थियो । सो गोष्ठीले भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरूलाई एकै ठाउँमा ल्याएको विश्वास गरिएको छ । जसले दुई देशबिचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्न र जनता–जनताबिचको सम्बन्धलाई प्रवर्द्धन गर्न सहयोग पुगेको जनाइएको छ ।

साथै सो कार्यक्रमले दुई राष्ट्रबिचको बलियो सांस्कृतिक र ऐतिहासिक बन्धनलाई बढवा दिएको भारतीय दूतावासले जनाएको छ । लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर,भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा.राकेश पाण्डेले संयुक्त रूपमा उद्घाटन गरिएको सो कार्यक्रममा नागरिक समाजका सदस्यहरू, शिक्षाविद्हरू, वरिष्ठ भिक्षुहरूका साथै लुम्बिनी विकास कोषका सदस्यहरू सहितको उत्साहजनक सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण