आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

भारतमा नेपालीको मृत्यु: राहतका लागि कूटनीतिक पहल गर्न सरकारसँग प्रचण्डको आग्रह

मङ्गलबार, २३ मङ्सिर २०८२, ११ : ४६
मङ्गलबार, २३ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारतको गोवा र उत्तरप्रदेशमा आगलागीमा परी निधन भएका नेपालीको शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि छिटो कूटनीतिक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । 

मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रचण्डले सरकारसँग आग्रह गरेका हुन् । उनले समन्वय र सहजीकरणका लागि पार्टीको प्रवास समितिलाई निर्देशन पनि दिएका छन् ।

‘भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीको मृत्यु भएको दुःखद खबरले म स्तब्ध बनेको छु। कीर्तिशेष दाजुभाइहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कूटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु। साथै, पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन गर्दछु’, उनले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप