काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायर आज मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा हुँदैछ ।
खेल अपराह्न ४ बजे सुरु हुनेछ । विजेता टोली सोझै मङ्सिर २७ गते हुने फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत पुनः फाइनल पुग्ने अवसर पाउनेछ। दोस्रो क्वालिफायर काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच हुने एलिमिनेटरका विजेतासँग खेलिनेछ ।
प्रतिक्रिया