भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस : ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)
सारांश
- ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा जनचेतना जगाउन प्लेकार्ड प्रदर्शन गरेको छ।
- भ्रष्टाचार नियन्त्रण प्रयासहरूले सुशासनमा चुनौती थपेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ।
- नेपाल भ्रष्टाचार सूचकाङ्कमा ३४ अङ्क सहित १०७ औँ स्थानमा झरेको छ, जुन अघिल्लो वर्षभन्दा एक स्थान तल हो।
काठमाडौँ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले राजधानीको गौशाला चोकमा भ्रष्टाचार नियन्त्रण, उन्मूलन र जनचेतनाका लागि विभिन्न प्लेकार्डहरू प्रदर्शनी गरेको छ।

भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको अवस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले औँल्याएको छ। उनीहरूका अनुसार भ्रष्टाचार निवारणमा सरकार असफल हुनु, कमजोर न्याय प्रणाली र नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन सकेको छैन।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले गत वर्ष सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)- २०२४ अनुसार नेपाल १०० मा ३४ अङ्क पाएर १०७ औँ स्थानमा रहेको छ। यो वर्ष नेपाल गत वर्षभन्दा एक स्थान तल झरेको छ। गत वर्ष नेपाल ३५ अङ्कका साथ १०८ औँ स्थानमा थियो।

विश्वभर एकै पटक सार्वजनिक गरिएको सो प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ। भुटान ७२ अङ्कका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान रहेको छ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण