शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केपी ओलीले अध्यक्षमा नयाँ मान्छेलाई अगाडि सार्नुहुन्छ : विन्दा पाण्डे

मङ्गलबार, २३ मङ्सिर २०८२, १६ : ३२
मङ्गलबार, २३ मङ्सिर २०८२

काठमाडाैँ । नेकपमा एमाले नेतृ विन्दा पाण्डेले अध्यक्ष केपी ओली तेस्रो पटक अध्यक्ष नबन्ने बताएकी छन् । एमालेको ११औं महाधिवेशन सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले महाधिवेशनको अन्तिम समयमा अध्यक्ष ओलीले नयाँ अनुहार अगाडि सार्ने बताएकी हुन् ।

महाधिवेशनको उम्मेदवारी दर्ता गर्ने दिनसम्ममा अध्यक्ष ओलीले आफुले नेतृत्व छाडेको घोषणा गर्नेमा आफू विश्वस्त रहेको उले बताइन् । अध्यक्ष ओलीले नेतृत्व छोडेर नयाँ पुस्तालाई नेतृत्व गर्नको लागी सघाउनेमा आफू आशावादी रहेको उनको भनाई छ ।

नेपाली राजनीतिमा पछाडिको नेतृत्वलाई मार्गदर्शन गर्ने परिपाटी अहिलेसम्म नरहेको उल्लेख गर्दै उनले अध्यक्ष ओलीले त्यसको मान्यता स्थापित गर्ने बताइन् ।

केपी ओलीकै अगुवाईमा दुई कार्यकाल नेतृत्व र ७० वर्षे उमेरहदको व्यवस्था पार्टीमा आएको स्मरण गर्दै उनले आफूले स्थापित गरेको मान्यता भन्दा बाहिर जान नमिल्ने उल्लेख गरिन् । उनले केपी ओली विनाको एमाले कल्पना गर्न सकिदैन भन्ने खालको नारा स्थापित गर्न खोजिएकोप्रति पनि असन्तुष्टी जनाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप