‘पीआर’को टाइटल गीत सार्वजनिक
सारांश
- निर्देशक शोभित बस्नेतको फिल्म 'पीआर' को टाइटल गीत 'पीआर को चक्करले' सार्वजनिक भयो।
- फिल्ममा आर ए सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीको अभिनय रहेको छ।
- 'पीआर' फिल्म विदेश जाने नेपाली युवाको सपना, चुनौती र सामाजिक यथार्थमा आधारित छ।
काठमाडाैँ । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक भएको छ। यहीँ शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको उक्त गीतको टाइटल गीत रिलिज गरिएको हो।
गीतको भिडियोमा आर ए सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ ।
सार्वजनिक गीतमा मानस राजको संगीत, मानस राज र समीक्षा अधिकारीको स्वर र शोभित बस्नेतको कोरियोग्राफी रहेको छ। गीत सलोमा युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आर ए सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्।
त्यसैगरी विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिनेछन्।
प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित ‘पीआर’ को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। फिल्मका निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। निर्माण पक्षका अनुसार चलचित्रले विदेश जाने नेपाली युवाको सपना, चुनौती र त्यसका पछाडिका सामाजिक यथार्थलाई मुख्य विषय बनाएको छ।
फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन् भने लेखन गणेश बुढाथोकीको रहेको छ। छायाङ्कन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ।
गीत सार्वजनिकसँगै निर्देशक शोभित बस्नेतले फिल्मले दर्शकलाई रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण दिन सफल हुने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण