घरदैलोमा पुगेर एमालेले दिन थाल्यो महाधिवेशनको निम्तो
बुधबार, २४ मङ्सिर २०८२, १० : ४०
सारांश
- एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलो अभियान सुरु गरेको छ।
- उपमहासचिव प्रदीप ज्ञवालीले काठमाडौँको वीरेन्द्र चोकबाट औपचारिक सुरुवात गरे।
- महाधिवेशन मङ्सिर २७ गते काठमाडौँमा सुरु हुनेछ, जसमा ३ लाखभन्दा बढी मानिसको सहभागिता हुनेछ।
काठमाडौँ । नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन थालेको छ । त्यसको औपचारिक सुरुवात उपमहासचिव प्रदीप ज्ञवालीले यो बुधबार बिहान काठमाडौँ–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट गरेका हुन् ।
घरदैलोमा पुगेर निमन्त्रणा दिने कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन् । घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी भएका छन् ।
एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७ बाट काठमाडौँमा सुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण