यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक छ : सचिव विष्ट
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११ औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्दालाई सम्बोधन गर्नेगरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् ।
महाधिवेशनका सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक भएको बताए । उनले महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्दालाई सम्बोधन गर्दै सामूहिक नेतृत्व दिने विश्वास व्यक्त गरे ।
जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा एकता र सहमतिका साथ पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा सचिव विष्टले जोड दिए । पार्टीको केन्द्रीय नेतृत्वमा ४० वर्षमुनिका प्रतिनिधिको उल्लेख्य उपस्थितिका लागि र नयाँ राजनीतिक घटनाक्रमबारे महाधिवेशनमा छलफल गर्न प्रतिनिधिहरू सार्वभौम रहेका उनले स्पष्ट पारे ।
सचिव विष्टले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबाट आफूहरू प्रतिस्पर्धामा उत्रने जानकारी दिए । कार्यक्रममा कृष्ण राई, सुरेन्द्र मानन्धर, अरविन्दा सिंहलगायत नेताहरूले नेतृत्व पुस्तान्तरण र हन्तरणमा जोड दिएका थिए । एमालेको ११ औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण