बर्दिया घटना : छानबिन समितिको रोहबरमा बन्यो छोरीको जन्म दर्ता र आमाको मृत्यु दर्ता
सारांश
- बर्दियामा नागरिकता नपाएका बाबु-छोरीको मृत्युबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ।
- समितिले मृतक अन्जु थारुकी छोरी अनिताको जन्म दर्ता र अञ्जुको मृत्यु दर्ता वडा कार्यालयमा गराएको छ।
- अन्जु थारुले नागरिकता नहुँदा अंश पाउन नसकेको र प्रधानमन्त्रीको निर्देशनमा छानबिन सुरु भएको हो।
काठमाडौँ । बर्दियामा नागरिकता नपाउँदा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको समितिले बुधबार बर्दिया पुगेर काम सुरु गरेको छ ।
समितिले घटनास्थलमा पुगेर मृतक अन्जु थारुकी छोरी अनिताको जन्म दर्ता र अञ्जुको मृत्यु दर्ता वडा कार्यालय पुगेर रोहबरमा बनाइदिएको छानबिन समितिका संयोजक सहसचिव सुरेश पन्थीले रातोपाटीलाई जानकारी दिए ।
संयोजक पन्थीले घटनास्थलमा पुगेर यथार्थ विवरण बुझ्दै मृतक अन्जु थारुकी ७ वर्षीया छोरी अनिता थारुको जन्म दर्ता र आमा अञ्जुको मृत्यु दर्ता स्थानीय वडा कार्यालयमा गरिएको जानकारी दिए ।
‘हामीले समग्र वस्तुस्थिति बुझेर मुख्य समस्या अनिताको जन्म दर्ता र अञ्जुको मृत्यु दर्ता नभएको भन्ने थाहा भएकोले त्यो समस्या निराकरण समितिका सदस्यको रोहबरमा भएको छ, पन्थीले रातोपाटीसँग भने, ‘हामीले आज वडा कार्यालयमै पुगेर जन्म दर्ता र मृत्यु दर्ता बनाइदिएका छौँ ।’
उनले जन्म र मृत्यु दर्तामा अञ्जुका ससुरा प्रसाद थारुलाई सूचक राखिएको जानकारी पनि दिए ।संयोजक पन्थीको नेतृत्वमा सबै सदस्यहरू बढैयाताल गाउँपालिकाको वडा नम्बर ४ मा पुगेका थिए । समितिले वडाध्यक्ष नरे थापासहितका जनप्रतिनिधिसँग समग्र वस्तुस्थितिबारे छलफल गरेको थियो ।
बर्दियाको बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरे पनि नागरिकता नहुँदा अंश पाउन सकेकी थिइन् ।
यो घटना बाहिर आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो राखेकी थिइन् । त्यसपछि उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई छानबिन समिति बनाउन निर्देशन समेत दिएकी थिइन् ।
मन्त्री अर्यालले मंसिर २१ गते नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरेका थिए । समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समयावधि दिइएको छ ।
समिति संयोजक पन्थीले बुधबारबाट काम सुरु गरेको बताउँदै अब काठमाडौँ आएर समयमै प्रतिवेदन बुझाउने जानकारी दिए । अञ्जुको गत कात्तिक २२ गते मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण