राजनीतिक दल
काठमाडौं-४ बाट राष्ट्रियसभा उम्मेदवारमा सुदर्शन आचार्यसहित ७ जना सिफारिस
बुधबार, २४ मङ्सिर २०८२, १८ : २२
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ बाट आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका ७ जना सिफारिस भएका छन् ।
क्षेत्रीय सभापति श्यामकृष्ण संगतको अध्यक्षतामा बसेको बैठकले पत्रकारिता पृष्ठभूमिका सुदर्शन आचार्य, राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी, दिव्यमणि आचार्य, बिसुकुमार केसी, कर्माछिरिङ शेर्पा, अनारदेवी बस्नेत र उमेश थानीलाई राष्ट्रियसभा उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।
आचार्य नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका पूर्वअध्यक्ष हुन् । हाल उनी कांग्रेस सम्बद्ध लेखक तथा चिन्तकहरुको संस्था नेपाली लेखक संघका केन्द्रीय सदस्य छन् ।
काठमाडौं-४ बाट आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कांग्रेस महामन्त्री गगन थापालाई एकल सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण