‘जेनजी मुभमेन्ट’ द्वारा सरकारसँगको १० बुँदे सम्झौता अस्वीकार, सह–संयोजकले च्याते सम्झौतापत्र
सारांश
- जेनजी मुभमेन्ट नेपालले सरकार र आन्दोलनकारीबीचको १० बुँदे सम्झौता अस्वीकार गरेको छ।
- सङ्गठनले सम्झौतालाई एकतर्फी, अवैध र आन्दोलनको भावना विपरीत भएको आरोप लगाएको छ।
- आन्दोलनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लगायतका मागहरू सम्बोधन नभएको जनाएको छ।
‘जेनजी मुभमेन्ट नेपाल’ ले सरकार र जेनजी आन्दोलनकारीका प्रतिनिधिबिच बुधबार भएको १० बुँदे सम्झौता अस्वीकार गर्ने घोषणा गरेको छ ।
सङ्गठनले उक्त सम्झौता एकतर्फी, अवैध र विद्रोहको मूल भावना विपरीत भएको भन्दै बुधबार राति एक विज्ञप्तिमार्फत विरोध गरेको हो ।
सङ्गठनका प्रवक्ता विजय शाहले आन्दोलनको मर्म विपरीत गरिएको सम्झौता ‘बलिदानमाथिको धोका’ भएको बताए । सम्झौता हस्ताक्षर कार्यक्रममै जेनजी मुभमेन्ट नेपालका सह–संयोजक अजय सोडारीले असहमति प्रकट गर्दै सम्झौतापत्र च्यातेर विरोध जनाएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा आन्दोलनले उठाएका प्रमुख मागहरू प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, सार्वजनिक संस्थाहरूको पुनर्संरचना र संरचनागत सुधार सुनिश्चित गरेपछि मात्र निर्वाचनमा जानुपर्ने विषयलाई सम्झौताले सम्बोधन नगरेको आरोप लगाइएको छ ।
प्रवक्ता शाहले भने, ’७६ जना नागरिकले प्राण गुमाएका छन्, २३०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रले ठुलो धनजनको क्षति व्यहोरेको छ । यो आन्दोलन कुनै पनि हालतमा मध्यावधि निर्वाचनका लागि थिएन, न त कुनै व्यक्तिको सत्तारोहणका निम्ति थियो ।’
जेनजी मुभमेन्टले गत भाद्र २७ गते गठित चुनावी सरकारलाई ‘षड्यन्त्रपूर्वक’ गठन गरिएको आरोप लगाएको छ । सङ्गठनले वर्तमान सरकार र सम्झौता दुवैलाई खारेज गर्दै नयाँ राजनीतिक निकासको प्रस्ताव अघि सारेको छ ।
उनीहरूले सर्वपक्षीय सरकार निर्माण गरी संविधान पुनर्लेखन गरेपछि मात्रै देशमा संवैधानिक एवं राजनीतिक सङ्कट मोचन हुने जिकिर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण