जसपा नेपालले केन्द्रीय नेताहरूलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटायो
सारांश
- जसपा नेपालले आसन्न निर्वाचनका लागि आफ्ना केन्द्रीय सदस्यहरूलाई निर्वाचन क्षेत्रमा खटाएको छ।
- केन्द्रीय सदस्यहरूले निर्वाचन क्षेत्रमा समन्वय समिति र बुथ समिति गठन गर्नेछन्।
- पार्टीले चुनावी प्रचार प्रसार, मतदाता सचेतना कार्यक्रम र आर्थिक व्यवस्थापनको योजना बनाएको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ ।
आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यहरूलाई तत्ततत्त निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्य गर्ने गरी खटाइएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय सदस्यहरूलाई प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा समन्वय समिति र बुथ समितिहरू गठन गरी सक्रिय रूपमा परिचालन गर्न तथा गठन हुन बाँकी रहेका प्रदेश, जिल्ला, पालिका, वडा, टोल तथा गाउँ समिति शीघ्र गठन गर्नेलगायतका सङ्गठन तथा संरचना निर्माण कार्यमा लाग्न पार्टीले निर्देशन दिएको छ ।
त्यसैगरी चुनावी प्रचार प्रसार, मतदाता सचेतना कार्यक्रम, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा प्रशिक्षणलगायतका कार्यहरू योजनाबद्ध रूपमा सञ्चालन गर्न र निर्वाचन क्षेत्रमा आधारित कार्यक्रम र कार्ययोजना तयार गरी समयमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउँदै प्रचार प्रसार, प्रशिक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्रीय नेताहरूले भूमिका खेल्ने उनको भनाइ छ ।
निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय सदस्यहरूले प्रत्येक क्षेत्रको मतदाता तथ्याङ्क सङ्कलन, सङ्गठनको स्थिति, प्रतिस्पर्धी दलहरूको अवस्था समेटेर नियमित रूपमा रिपोर्टिङ गर्न तथा पार्टीका उम्मेदवारहरू सफल हुने सम्भावना उच्च रहेका क्षेत्रहरू पहिचान गरी त्यस्ता क्षेत्रमा विशेष ध्यान, शक्ति परिचालन र रणनीतिमूलक गतिविधि सञ्चालनका लागि तथ्याङ्क सङ्कलन र विश्लेषणका लागि नतिजामुखी काम गर्न भनिएको बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण