बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग

बिहीबार, २५ मङ्सिर २०८२, १० : ०१
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ।
  • स्वास्थ्य मन्त्रालयले उपकुलपति पदका लागि मङ्सिर २५ गते सूचना प्रकाशित गरेको हो।
  • आवेदकले ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस समितिले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ। यो सूचना मङ्सिर २५ गते प्रकाशित भएको हो। 

सम्बन्धित प्रतिष्ठानका कुलपतिसमक्ष सिफारिस गर्ने प्रयोजनका लागि प्रतिष्ठान ऐन, २०७४ र नियमावली, २०७४ बमोजिमको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई आवेदन आह्वान गरिएको छ।

योग्यता पुगेका व्यक्तिहरूले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र (अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) सिफारिस समितिको सचिवालय नीति, योजना तथा अनुगमन महाशाखा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबार काठमाडौँमा आवेदन पेस गर्न सक्नेछन्।

आवेदनकर्ताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ तथा नियमावली २०७४ मा उल्लेखित योग्यता तथा अनुभवका अतिरिक्त रितपूर्वकको निवेदन र सम्बन्धित प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तयार पारिएको सिलबन्दी व्यावसायिक कार्ययोजना संलग्न गरी आवेदन पेस गर्नुपर्नेछ।

आवेदनकर्ताले संलग्न गर्नुपर्ने कागजातको विस्तृत विवरण सिफारिस समितिको सचिवालय वा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइट https://mohp.gov.np/ बाट प्राप्त गर्न सक्नेछन्।

rap
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप