ऐश्वर्यासँग सम्बन्धविच्छेदको हल्लामा के भन्छन् अभिषेक ?
सारांश
- अभिषेक बच्चनले ऐश्वर्या रायसँगको सम्बन्धविच्छेदको हल्लाबारे मुख खोलेका छन् र यसलाई अस्वीकार गरेका छन्।
- अभिषेकले मिडियाले गलत समाचार फैलाउने गरेको र आफूलाई स्पष्टीकरण दिइरहनु आवश्यक नभएको बताए।
- अभिषेकले आराध्यालाई यी खबरबारे थाहा नभएको र ऐश्वर्याले उनलाई बाहिरका कुरामा विश्वास नगर्न सिकाएको बताए।
मुम्बई । बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चन बिचको सम्बन्धविच्छेदको हल्ला पछिल्लो समय निकै चर्चामा रह्यो ।
एउटै कार्यक्रममा अलग–अलग पुगेपछि दुवैबीच सम्बन्धविच्छेद हुन लागेको हल्ला फैरिएको थियो । दुवैले यी खबरहरूमा मौन रहदै आएका छन् ।
अहिले आएर अभिषेक बच्चनले यस बिषयमा मुख खोलेका छन् । एक मिडियालाई दिएको अन्तर्वार्तामा अभिषेकले भनेका छन्, ‘पहिले मानिसहरू हाम्रो विवाह कहिले हुन्छ भनेर जान्न चाहन्थे, अहिले सम्बन्धविच्छेदको कुरा गरिरहेका छन् । मेरी श्रीमतीलाई मेरो सत्य थाहा छ र मलाई उनको सत्य थाहा छ । हामी एक सुखी र स्वस्थ परिवार हौं ।’
‘फिल्म क्षेत्रमै हुर्केको र यही क्षेत्रकी श्रीमती हुनुको एउटा फाइदा यही हो,’ उनी अगाडि भन्छन्, ‘म विनम्रता र सम्मानका साथ भन्न चाहन्छु कि मिडियाले अक्सर गलत खबरहरू चलाउँछ । म ‘ब्रेकिङ न्युज’ को दबाबलाई बुझ्छु ।’ उनले आफूले कहिल्यै केही गलत नगरेको भन्दै जताततै स्पष्टीकरण दिइरहनु आवश्यक नठानेको बताए । तर परिवारको बारेमा हदभन्दा बढी गलत कुरा भएमा आफूले प्रतिवाद गर्ने उनको भनाइ छ ।
अन्तर्वार्तामा जब अभिषेकलाई आराध्यालाई यी खबरहरूबारे थाहा छ ? भनेर प्रश्न गरिएको थियो । जवाफमा उनले भने, ‘मलाई आशा छ उनलाई थाहा छैन । उनी निकै परिपक्व छिन् । उनकी आमाले उनलाई निकै राम्रोसँग हुर्काएकी छिन् । मलाई लाग्दैन कि उनलाई यसको जानकारी छ, र यो उनको चासोको विषय पनि होइन ।’
अभिषेकका अनुसार ऐश्वर्याले छोरीलाई बाहिर पढेका वा सुनेका सबै कुरामा विश्वास नगर्न सिकाएकी छन् । परिवारभित्र पूर्ण इमानदारी भएकाले कसैले कसैलाई शंका गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण