शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अछाम–२ बाट कांग्रेसले गर्‍यो १५ जना उम्मेदवार सिफारिस

बिहीबार, २५ मङ्सिर २०८२, १९ : १९
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ ले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
  • नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुशील भण्डारीसहित १५ जनाको नाम सिफारिस गरिएको छ।
  • युवा पुस्ताको नेतृत्व गर्दै भण्डारीले आफू उम्मेदवार बनेको बताए, उनी विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय छन्।

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ को बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले अछाम क्षेत्र नम्बर २ बाट नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुशील भण्डारीसहित १५ जनाको नाम सिफारिस गरेको हो । 

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकले युवा पुस्ताका भण्डारीसँगै जिल्ला पार्टी सभापति एवं निवर्तमान प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह, कांग्रेस नेता बलबहादुर कुँवर, गणेश बहादुर बिष्ट, पदमराज अधिकारी, मान बहादुर शाही, रामबहादुर बिष्ट, अक्कल बिष्ट, देवराज देवकोटा, बेदप्रकाश तिमिल्सैना, राम बहादुर शाही, जनक धामी, बलराम बिष्ट र पुष्पराज शर्मालाई सिफारिस गरेको छ। त्यसैगरी, महिला प्रत्यक्षतर्फ अम्बिका चलाउने र भुमिशरण बजगाईंलाई सिफारिस गरिएको छ । 

आफू जेन्जी पुस्ताको नेतृत्व गर्दै उम्मेदवार बनेको भण्डारीले बताए । भण्डारी विगत १२ वर्षदेखि अछाम जिल्लामा पत्रकारिता पेसामा आबद्ध छन्। उनी जिल्लामा सामाजिक कार्यमा सधैँ सक्रिय रहँदै आएका छन् ।

अहिले मुलुकले परिवर्तनसँगै राजनीतिक दलभित्र रूपान्तरण र पुस्तान्तरण खोजेकाले युवाहरू पार्टीको नेतृत्व र जनप्रतिनिधिको भूमिकामा आउनुपर्ने उनले बताए । 

कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतका निकायलाई परिपत्र गरेको थियो । 

राष्ट्रियसभा सदस्यका लागि सुरत बहादुर बिष्ट, टोप बहादुर रावल, बीपी रेग्मीलाई सिफारिस गरिएको छ भने प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ओम प्रकाश बिष्ट, अम्बिका थापा, कमल बिक, टेकबहादुर बिक, पूर्णा शाह, गौरी भण्डारी, अमृता बुढा, कृष्णा शाही, रमेश रावत, लक्ष्मी बोगटी, दुर्गा थापा, दुरपता शाही, सुरेन्द्र बिष्ट, लक्ष्मी साउद, गगन सार्की, रामबहादुर चलाउने र जनक बहादुर रावल सिफारिस भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप