एमाले खरानीबाट उठिसक्यो, अब निर्णायक राष्ट्रिय शक्ति बनाउँछौँ : शेरधन राई
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले जेनजी आन्दोलनपछि पार्टी जनताबिच फर्किसकेको बताएका छन् ।
उनले अब एमाले देशको निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गरेका छन् । ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले कठिन परिस्थितिबाट पुनः उठेर सङ्गठनलाई मजबुत बनाएको बताए ।
एमालेले एक वर्षअघि अर्ली महाधिवेशन गरेर देशमा बढ्दै गएको अस्थिरता र नयाँ चुनौतीको सामना गर्न लागेको पनि उनले बताए । ‘हामीले मिसन ०८४ का लक्ष्य यही सोचेर तय गरेका थियौँ। महाधिवेशनपछि एमाले अझ बलियो रूपमा अगाडि आउँछ,’ उनले भने ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देश गम्भीर सङ्कटमा प्रवेश गरेको र राज्यका अङ्गमा अराजकता फैलिएको उनको मूल्याङ्कन छ ।
‘जेनजीका नाममा अराजक समूहले लोकतन्त्रमाथि प्रहार गर्यो। आन्दोलनको मूल एजेन्डा भ्रष्टाचार नियन्त्रण थियो, सत्ता पलट होइन,’ राईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण