बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'मुगलान'को ट्रेलर रिलिज

शुक्रबार, २६ मङ्सिर २०८२, १० : ०२
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • पुस १० गतेबाट प्रदर्शनमा आउने फिल्म 'मुगलान'को ट्रेलर सार्वजनिक भएको छ।
  • ट्रेलरले नेपाली युवाको राजनीतिक अवस्था र विदेश पलायनको कथालाई चित्रण गर्छ।
  • फिल्ममा प्रभात पाल, स्मारिका ढकाल लगायतका कलाकारको अभिनय रहेको छ।

काठमाडौँ । आगामी पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज भएको छ। बिहीबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत रिलिज गरेको हो।

२ मिनेट २४ सेकेन्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ। कथाले विस.२०५२ सालपछिको सरकार र तत्कालीन विद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको टिजरमा देख्न सकिन्छ।

मुखियाको रिण तिर्नका लागि मुगलान भासिएका प्रभात पाल फर्किएर आउँदा घर रिक्त देख्छ। ताकी उसका बुबा आमा छैनन्। के भएर उनीहरू छैनन्,कसैले मारेकी कि या अपहरणमा पारियो भन्ने कुरा भने फिल्म हलमा चलेपछि नै थाहा होला।

ट्रेलरमा फिल्मका मुख्य अभिनेता प्रभात पाल,अभिनेत्री स्मारिका ढकाल प्रेमी प्रेमिका रहेको र बिछोडको कथा पनि ट्रेलरमा देख्न सकिन्छ। प्रभात पाल,स्मारिका ढकालका अलवा टिजरमा रामचन्द्र अधिकारी,दिनेश डिसी,सविन बास्तोला,खबपु लगायतलाई देख्न सकिन्छ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा अन्य कलाकार श्री शिवांशु, मोती सुबेदी,राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलाई पनि देख्न सकिन्छ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता  गोमन सिंह हुन्। फिल्मको को–प्रोड्युसर रिता चौधरी हुन्।

फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी)को छ। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी (विमर्शी) रहेका छन्। फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ। यस फिल्मका ट्रेलर,टिजर तथा गीतलाई युना इन्टरटेन्टमेन्ट युटुब च्यानलमार्फत हेर्न सकिने निर्माण पक्षले जानकारी दिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप