सरल, सादगी र साधारण जीवनशैलीका कारण एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पार्टीभित्र र पार्टी बाहिर पनि लोकप्रिय छन् । लामो राजनीतिक यात्रा अनि राजकीय जिम्मेवारीमा पुग्दा पनि उनको छविमा कुनै प्रश्न उठेको छैन । इमानदार छवि बनाएका ज्ञवाली व्यवहारमा सरल र मिजासिला मानिन्छन् ।
भदौ २४ गते दिउँसो तत्कालीन प्रधानमन्त्री केपी ओली हेलिकोप्टरबाट भाग्दै गर्दाका प्रत्यक्षदर्शीमध्येका एक हुन् ज्ञवाली । त्यो समयमा भएको के थियो ? सुरक्षा निकायले के भनेको थियो ? ओलीलाई राजीनामा दिन कसले भन्यो र ओलीले के जबाफ दिए ?
पार्टीको महासचिवका लागि दाबी प्रस्तुत गरिरहेका ज्ञवालीसँग ११औँ महाधिवेशनका विषयमा रातोपाटीले विस्तृत कुराकानी गरेको छ । ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश– (पूरा कुराकानी भिडियोमा)
भदौ २३–२४ गतेको घटनापछि जतिबेला अध्यक्ष, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षा घेरामा हुनुहुन्थ्यो, स्थिति एकदमै असामान्य थियो । उहाँलाई कहाँ लगिएको छ भन्ने कुरा न नेपाली सेनाले बोलेको थियो, न उहाँ स्वयंले बोल्ने स्थिति थियो ।
मुलुक कुन कोर्समा जान्छ भनेर केही भन्नै सकिने स्थिति थिएन । त्यो स्थितिभित्र सिङ्गो पार्टी पङ्क्तिको पहिलो कर्तव्य ‘हाम्रो नेतालाई सकुशल बाहिर ल्याऊ’ अथवा ‘अवस्थाबारे जानकारी देऊ’ भन्ने हुनुपर्थ्यो । उहाँ बाहिर आइसकेपछि वास्तवमा के त्यति दिन के भयो ? किन यति गम्भीर खालका घटनाहरू घटे ? सरकारले थाहा पाएन कि ? पाएर रेस्पोन्स गर्दा पनि त्यो प्रभावकारी भएन कि ? या के हो ? यस्ता विषयमा समग्र विश्लेषण गरिसकेपछि बल्ल पार्टीको कोर्स नै यो ढङ्गले लैजानुपर्ने हो भने, नेतृत्वको बारेमा छलफल गर्नुपर्ने हो भने छलफल गर्नुपर्ने ठाउँ त्यहाँ थियो । तर केही साथी एकदमै हतारिनुभयो । त्यो वास्तवमा इथिकल पनि थिएन, त्यो सामान्यतया मानवीय पनि थिएन भन्छु मचाहिँ । त्यसपछि उहाँ बाहिर आइसकेपछि हामीले छलफल गर्यौँ र महाधिवेशनमा जानुपर्छ भन्ने निष्कर्षमा पुग्यौँ ।
_gFF3lqShXV.jpg)
प्रश्न उठिसकेपछि नेतृत्व पुनः अनुमोदित हुनु राम्रो हुन्छ । त्यसका लागि महाधिवेशन भन्दा अर्को मञ्च त छैन । भदौ २३–२४ गतेको घटनापछि नेतृत्वमाथि उठाइएका प्रश्नहरूको अन्तिम छिनोफानो महाधिवेशनले नै गरोस् भन्नका निम्ति हामीले अलिकति चाँडो गरेर यो ११औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्यौँ ।
तीन वटा अर्थमा यसले केही गर्ला । केही महत्त्वपूर्ण रिजोलुसन पास होलान्, जसले अहिलेका घटनालाई हेर्ने नेकपा एमालेको दृष्टिकोण र अबको कोर्सको बारेमा केही प्रस्तावमार्फत हामी अलिकति नीतिगत कुराहरू गर्छौं ।
दोस्रो, केन्द्रीय केन्द्रीय कमिटीमा नयाँ अनुहार आउनुहुन्छ । पदाधिकारीमा पनि केही नयाँ फेस आउनुहुन्छ । तेस्रो, केन्द्रीय कमिटीका समग्र यो चार वर्षका कार्यसम्पादनको आधारमा कति पुनः अनुमोदित हुनुहोला, कति अनुमोदित नहुनुहोला, केही न केही नयाँपनचाहिँ त्यसबाट आउँछ ।
यो मूलतः नेतृत्व चयन गर्ने महाधिवेशन भएकाले नीतिमा धेरै छलफल गर्दैनौँ ।
सिद्धान्ततः प्रतिस्पर्धाले पार्टीलाई विभाजन गर्दैन, त्यसले पार्टीमा जीवन्तता नै ल्याउँछ । म पार्टी जीवनमा आन्तरिक लोकतन्त्रको, प्रतिस्पर्धाको पक्षमा छु । प्रतिस्पर्धाले पार्टीलाई खराब गर्ने होइन । खराबचाहिँ व्यक्तिहरू, पात्रहरूले गर्ने हो ।
०५४ सालमा वास्तवमा नेतृत्वमा प्रतिस्पर्धा नै हुन पाएन । एउटा पक्षले निर्वाचनमा भाग नै लिनुभएन । पछि काठमाडौँ आएर पार्टी विभाजन गर्नुभयो । नत्र आठौँ महाधिवेशनमा केपी ओलीले प्रतिस्पर्धा गर्नुभयो, पराजित हुनुभयो । थुप्रै प्रश्न पनि थिए त्यो अधिवेशनको बारेमा । तर उहाँ पाँच वर्ष निरन्तर पार्टीको सुदृढीकरणका लागि, एकताका लागि, पार्टीलाई बलियो बनाउनको निम्ति लाग्नुभयो । त्यो प्रतिस्पर्धाले पार्टीलाई कमजोर गरेन, बलियो बनायो, जीवन्त बनायो ।
नवौँ महाधिवेशनमा माधव नेपाल चुनाव लड्नुभयो, उहाँले प्यानल नै बनाएर चुनाव लड्नुभयो । चुनावमा लडेकाको एउटा उल्लेख्य हिस्सा पछि विभाजनमा गयो । दसौँ महाधिवेशनमा भीम रावलले प्रतिस्पर्धा गर्नुभयो, भीम रावल, घनश्याम भुसालहरू पनि अहिले एमालेमा हुनुहुन्न । त्यसकारण प्रतिस्पर्धाका मिश्रित परिणाम छन् ।
_raay0oVnoY.jpg)
यो त केपी ओली हुँदै हुँदैन भन्नेखालको भो । अब केपी ओली यस कारणले हुँदैन भनेर उहाँहरूले त्यो पुष्टि गर्न सक्नु भएको र त्यो कुरालाई पार्टीलाई कन्भिन्स गर्न सक्नुभएको अवस्था बिल्कुलै होइन । अलि बढी आग्रह देखियो कि ! अलि बढी नकारात्मकता देखियो कि भन्ने मलाई लाग्छ ।
ठ्याक्कै त्यस्तो पनि होइन । हामीले फलानो अध्यक्षपछि को हो हाम्रो नेतृत्व ? त्यसको क्रम के हुन्छ ? अथवा कस्तो हुन्छ क्रम ? भनेर ठ्याक्कै उत्तराधिकारी तोकेर जाने कुरा त होइन, तर नेतृत्व त फेरि क्रमशः ‘ग्रुम’ गर्दै जाने कुरा पनि हो, योजनाबद्ध ढङ्गले हुर्काउने कुरा पनि हो । हामी छलफल गर्दै नै आइरहेका थियौँ ।
नेकपा विभाजन नभाको भए सम्भवतः हामीकहाँ नेतृत्व हस्तान्तरणको एउटा बेग्लै कोर्स बन्थ्यो होला ।
पहिलो कुरा, को आउने भन्नेभन्दा अगाडि अब केपी ओली किन हट्ने अथवा किन नहुने भन्ने प्रश्न आउँछ । १० वर्ष, १२ वर्ष भएको कारणले ? यो प्रश्न त १५ वर्षसम्म माधव नेपाल हुँदा त उठेको थिएन । त्यहाँ बढी व्यक्तिगत आग्रह देख्छु मैले । एउटा सिद्धान्तमा उभिऔँ न ।
दोस्रो, अब विचारका कारणले ? त्यसमा केही पनि म देख्दिनँ । सङ्गठनात्मक ढाँचाको कारणले ? त्यसमा पनि केही देख्दिनँ । जम्माजम्मी दुई वटा तर्क सुनिन्छ । एउटा, अब दुई कार्यकाल हुनुभयो । नेतृत्व परिवर्तनको निम्ति उचित, आधारयुक्त तर्क भएन भन्ने मलाई लाग्छ ।
म त्यो कुरासँग सहमत छैन । बिल्कुलै गलत कुरा हो । भदौ २३ र २४ को घटनासँग जोडेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने त्यो आग्रह एकदमै गलत हो ।
त्यतिबेलाको प्रधानमन्त्रीको हैसियतले उहाँले तत्काल क्याबिनेट बैठक बसालेर घटनाप्रति दुःख व्यक्त गर्ने, घाइतेहरूको पूर्ण उपचारको व्यवस्था गर्ने र घटनाको छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा एउटा उच्चस्तरीय न्यायिक आयोग बनाउने भनेर निर्णय गर्नुभएको थियो । घटना यति छिटो–छिटो सिफ्ट भयो कि वास्तवमा त्यति दिन क्याबिनेटले के गरेको थियो भन्ने बारेमा समेत बाहिर आउन पाएन । थप क्षति नहोस् भन्नका निम्ति उहाँले राजीनामा दिनुभयो । त्यस पछाडिका अधिकांश घटना प्रधानमन्त्रीले राजीनामा दिएपछि भएका छन् ।
हामीले ८, साढे ८ लाख पार्टी सदस्य भनेकै हौँ । खासमा नेकपा एमालेको नवौँ महाधिवेशनमा हाम्रो सदस्य संख्या २ लाख ४३ हजार हो, तर नवौँ महाधिवेशनपछि पार्टी एकदमै लोकप्रियताको पिकमा जाँदै गयो । माओवादीसँग एकीकरण हुनुभन्दा अगाडि करिब ५ लाख पुगेको थियो । पछि माओवादी साथीहरूसँग एकता भयो । एकता भइसकेपछि उहाँहरूको करिब ३ लाख गरेर हामीले ८ लाख भन्यौँ । विभाजन हुँदा सदस्यताको ठ्याक्कै बाँडफाँट हुन पाएको थिएन । मान्छेहरू को कता, को कता भन्ने दुविधाजस्तै थियो । वास्तवमा १०औँँ महाधिवेशनको त्यो संख्या हामीले अनुमानित नै भनेका हौँ ।
हामीले यो बिचमा माओवादीसँग पनि र कांग्रेससँग पनि मिलेर सरकार चलायौँ । तर एकछिन नेकपा एमाले कहाँ उभिएको थियो भन्ने पृष्ठभूमि हेर्नु न । हङ पार्लियामेन्ट भित्रको एउटा बाध्यात्मक अवस्था भनेर बुझ्नुपर्ला ।
मलाई यो प्रतिस्पर्धालाई त्यो ढङ्गले कसैले पनि तिक्त बनाउनुहुन्न भन्ने ठान्दछु ।
रातो स्टिकर लगाएको घर एक वर्ष धान्दिनुभयो भने ठुलो कुरा होला भन्ने ठान्छु । कसरी चल्छ होला त्यो पार्टी, जहाँ १२–१५ जना वक्ता नराखिकन एकता सन्देश सभासमेत चल्दैन । त्यसकारण उहाँहरूले जे भन्दै हुनुहुन्छ– एमालेको महाधिवेशनपछि संकट उत्पन्न हुन्छ, त्यहाँबाट ठुलो पंक्ति आउँछ भनेर, त्यो केही पनि हुनेवाला छैन ।
हाम्रा सबै कमरेडहरू जस्तोसुकै परिणाम आए पनि पार्टी एकतालाई बलियो बनाउनेगरी लाग्नुहुन्छ ।
कहिलेकाहीँ नेकपा एमालेलाई हाम्रो मिडियाले नबुझेको कि, हामीले बुझाउन नसकेको हो कि ? ६० वटा सचिवालय बैठक बस्यौँ । ५७औँ बैठकमा आइपुग्दा एउटा इस्युमा चाहिँ विद्या भण्डारीको सदस्यताको विषय उठाउनुभयो । सचिवालयको बैठकमा र नवौँ केन्द्रीय कमिटीको बैठकमा तीन जना कमरेडले ‘नोट अफ डिसेन्ट’ लेख्नुभयो । दसौँ बैठकमा ३५–४० जना जति साथीहरू हुनुहुन्थ्यो होला । एउटा कुरामा अध्यक्ष कमरेड अलि सचेत हुनुहुन्छ, हामी सबैले पनि त्यसमा ध्यान दिनुपर्छ भन्ने म ठान्दछु । पार्टी एउटा डिबेटिङ क्लब हो कि, आफ्ना नीति कार्यक्रमहरूलाई कार्यान्वयन गर्न बनाइएको एउटा कार्यकारी बडी हो ? अब बौद्धिक बहसमात्रै गरिरहने, अन्त्यहीन बहसमात्रै गरिरहने हो भने त्यो एउटा कुरा भो । हाम्रा मान्यताहरू सधैँभरि सही हुन्छन् भन्ने पनि छैन । एउटा अवस्थामा निर्णय गर्यो । व्यवहारले त्यसलाई गलत साबित गर्न सक्छ । अर्को अवस्थामा गएर त्यसलाई सच्याउने हो ।
केही साथीहरूको कस्तो बुझिन्छ भने एउटा कम्युनिस्ट आन्दोलनभित्र एउटा स्कुल छ, नियो–मार्क्सियन स्कुल, त्यसले एक्सनमामा भन्दा बढी डिबेटमा जोड दिन्छ । तर्क गर्नुपर्छ, बहस गर्नुपर्छ, आलोचनात्मक चेत हुनुपर्र्छ, तर आत्मभर्त्सनात्मक चेत त हुनुभएन नि त ।
_4ViJnXK3HO.jpg)
हामीले ०७९ को निर्वाचनपछि नै तीन वटा एरियामा, तीन वटा कन्स्टिच्युएन्सीमा हाम्रो संवाद पुगेन, हाम्रो सम्पर्क खुकुलियो भन्ने निष्कर्ष निकालेका हौँ । एउटा सहरिया जनमत या सहरिया मध्यम वर्ग । किनभने काठमाडौँ उपत्यकाका १५ वटा सिटमध्ये हामीले जम्मा दुई वटा सिट जित्यौँ, त्यो पनि साँघुरो मार्जिनबाट । महानगरहरू, उपमहानगरहरू हामीले चुनाव जित्न सकेनौँ । दोस्रो युवाहरू । कहीँ न कहीँ ग्याप छ । र तेस्रो, प्रवासमा गएका नेपालीहरू, जो रेमिटेन्सको र देशको लोकतान्त्रिक आन्दोलनका पनि एउटा बलिया स्रोत हुनुहुन्छ । त्यसले गर्दाखेरि त्यो पुस्तासँग हामी अलिकति ‘डिट्याच’ भएको स्थिति हो र त्यसलाई हामीले एकदम योजनाबद्ध ढङ्गले उहाँहरूसँग संवादको कार्यक्रम बनाउनै पर्छ ।
त्योचाहिँ केही प्राविधिक कुरा हो । बहुसंख्यक कार्यकर्र्ता, सदस्यहरूलाई त के छ भने– ‘म जाने होइन, तपाईंहरू मिलेर जानुस् है, हामीलाई केही छैन, हामीलाई भोट हाल्ने नबनाउनुहोला है’ भन्ने नै थियो ।
अब सहमतिका निम्ति प्रयत्न भयो । ७० प्रतिशतभन्दा बढी ठाउँमा सहमति पनि भयो । जतिबेला सहमति भएन र अब भोटिङमा जानुपर्ने भन्ने भयो, समय ढिलो पनि भएको थियो । बाटोको म्याद भएन । मेन्टल्ली उहाँहरू तयार पनि हुनुहुन्थेन ।
हजुर, हो ।
म दोहोर्याउन्नँ होला । म त्यही ठान्छु ।
म र शंकर पोखरेल बिहान आठ बजे पुग्यौँ । हामी पुगेको केही समयपछि विष्णु रिमाल आउनुभयो । त्यसको केही समयपछि विष्णु पौडेल पुग्नुभयो । प्रधानमन्त्री तयार भइसक्नु भएको थिएन । हामी बसेर स्थितिको अलिकति आकलन गर्यौँ ।
हामीले पूर्वाभास पायौँ कि अब सुरक्षा निकायले यसलाई नियन्त्रण लिने गरी ऊसँग प्लान पनि छैन । उसको योजना पनि छैन अथवा त्यो अब इच्छा पनि देखिएन भनौँ न । अलिकति उहाँहरूमा केही न केही समस्या, समन्वयको अभाव हामीले देख्यौँ ।
हो । साढे १० बजेतिर प्रधानमन्त्री आउनुभयो । अब थप क्षतिको निम्ति हामीले यो भारी नबोकौँ । अब ‘स्टेप डाउन’ गरौँ । मार्ग प्रशस्त गरौँ भनेर भन्यौँ हामीले ।
भन्यौँ ।
मैले नै भनेँ ।
राजीनामा दिने तर ह्वाट नेक्स्ट ? सरकार कसरी बन्छ ? सरकार बन्ने भनेकोचाहिँ गठबन्धनभित्रबाटै बन्नुपर्यो अथवा संसदभित्रबाट बन्नुपर्यो । त्यसका लागि राजीनामाको घोषणा गर्नुपूर्व सर्वदलीय बैठक गरेर जान सकिन्छ कि ? दिनभरिको स्थिति ठिकै साम्य भयो भने साँझ सर्वदलीय बैठक गरेर कसरी जाने त भनेर दलहरूसँग सोध्ने र त्यहीँ स्टेप डाउन गर्ने कि भन्ने पनि कुराकानी भयो ।
_4nc7jIRAWh.jpg)
तर ढिलो भइसकेको थियो । स्थिति बिग्रिन थाल्यो । उहाँहरूको मनमा केही प्लान छ कि ? कसरी अगाडि जान्छ ? के हो यो वास्तविक घटनाक्रम भन्ने बारेमा प्रधानमन्त्रीले सुरक्षा निकायको धारणाहरू बुझ्नुभयो ।
सुरक्षा निकायको योजनाचाहिँ सुरुमा सबै भीआईपीहरूलाई सिंहदरबारमा एकत्रित गरेर सिंहदरबार सुरक्षित गर्ने । भीआईपीको पनि त्यहाँ सुरक्षा गर्ने भन्ने थियो । उहाँहरू त्यही योजनामा लाग्नुभएको थियो । पछि स्थिति नियन्त्रणभन्दा बाहिर गयो । कर्फ्यु लागे पनि सेना परिचालन भएन । त्यसपछि प्रधानमन्त्रीले राजीनामा दिनुभयो ।
सेनाले सिंहदरबारमा सुरक्षा भएन, अलि टाढा लैजानुपर्ने स्थिति भयो भन्यो ।
उहाँको कुनै लापर्बाही होइन । हामीलाई सेनाको तर्फबाट के भनिएको थियो भनेदेखि अब स्थिति बिग्रिँदै जान थालिसकेपछि र प्रदर्शनकारीहरू बालुवाटार घेर्न आइसकेपछि, एक किसिमले उनीहरू भित्र पसिसकेपछि ‘अब हामी प्रधानमन्त्रीलाई अलि टाढा लैजान्छौँ, अहिले हामी भन्दैनौँ, उहाँको हेलिकोप्टर उडेलगत्तै अर्को हेलिकोप्टर आउँछ, तपाईंहरू तीन जनालाई अन्त लिएर जान्छ’ भनेर हामीलाई भनिएको थियो र हामी त्यही कुराको भरोसामा बस्यौँ ।
अब ग्याप कहाँनेर भो, त्यो थाहा छैन । प्रधानमन्त्रीलाई लिन हेलिकोप्टर आउँदाखेरि नै पनि ढिलो भो । उहाँ आउन्जेल प्रदर्शनकारीहरू भित्र पसिसकेको, पुरानो सचिवालयमा आगो लगाइसकेको स्थिति थियो । अनि हामीलाई लिन हेलिकोप्टर आउने स्थिति पनि बनेन । स्थिति नबनेको कारणले आएन कि, अरु कारणले आएन, थाहा छैन । हेलिकोप्टर नआउँदा हामी अलिकति जोखिममा परेको सत्य हो ।
त्यहाँ त ठाउँ थिएन ।
प्रतिक्रिया