सन् २०२६ मा बेलायतको आर्थिक वृद्धिदर सुस्त हुने अनुमान
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल्लेखनीय गति थप्ने अपेक्षा नगरेको जनाइएको छ ।
बीसीसीकाे पूर्वानुमानअनुसार, सन् २०२६ मा बेलायतको कुल राष्ट्रिय उत्पादन (जीडीपी) १.२ प्रतिशतले वृद्धि हुने देखिएको छ, जुन सन् २०२५ को १.४ प्रतिशत वृद्धिदरभन्दा कम हो । व्यवसायिक लगानी पनि कमजोर रहने अनुमान गरिएको छ; २०२५ मा तीन प्रतिशत वृद्धि हुने अनुमानित लगानी सन् २०२६ मा मात्र ०.९ प्रतिशतले बढ्ने देखिएको छ ।
व्यापार वृद्धिदर पनि सुस्त रहने अपेक्षा गरिएको छ । निर्यात वृद्धिदर तीन प्रतिशतबाट घटेर १.८ प्रतिशत र आयात वृद्धिदर ३.८ प्रतिशतबाट १.४ प्रतिशतमा सीमित रहने देखिएको छ । औसत आम्दानी क्रमिक रूपमा बढ्नेछ भने बेरोजगारी दर ५.१ प्रतिशतसम्म पुग्ने सम्भावना छ । लागत दबाब, कम उत्पादकता र सीमित उत्पादनले कम्पनीहरूको भर्ती क्षमता सीमित गर्नेछ ।
तर ढिलो तलब वृद्धिले र सुस्त श्रम बजारले मुद्रास्फीतिमा केही हदसम्म नियन्त्रण ल्याउने बीसीसीले जनाएको छ । बीसीसीका अनुसन्धान प्रमुख डेभिड भारियरले भन्नुभयो,“बेलायतको अर्थतन्त्र कम गतिमा अघि बढिरहेको छ र यसले वित्तीय तथा राजनीतिक क्षेत्रमा चुनौती ल्याउनेछ । साना र मध्यम आकारका व्यवसायका लागि सन् २०२६ चुनौतीपूर्ण रहनेछ, लगानी र निर्यात वृद्धिमा कठिनाइ आउँछ ।”
बीसीसी आर्थिक सल्लाहकार परिषद् अध्यक्ष विक्की प्राइसले थप्नुभयो,“बजेटले आवश्यक वृद्धिकारक उपाय समेटेन भने व्यवसायहरूले अर्को वर्ष पनि चुनौतीपूर्ण परिस्थितिसँग जुध्नुपर्नेछ । बेरोजगारी बढ्दा उपभोक्ता खर्च घट्नेछ र कम्पनीहरूले थप कठिनाइ भोग्नुपर्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण