एमाले महाधिवेशनमा देउवा र प्रचण्डसहित १६ दलका अतिथिलाई निम्ता
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा १६ दलका नेतालाई आमन्त्रण गरेको सो पार्टीले जनाएको छ ।
महाधिवेशनको तयारीबारे जानकारी दिन शुक्रबार भक्तपुरको सल्लाघारीस्थित चौरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा १६ राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको जानकारी दिए । उनले महाधिवेशनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत १६ दलका नेताको उपस्थिति रहने समेत जानकारी दिए ।
‘कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डदेखि १६ वटा पार्टीका नेताहरूले आफ्नो कन्फर्मेसन दिनुभएको छ’, भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय समुदायको शुभेच्छा र राष्ट्रिय मुख्य पार्टीको उपस्थितिमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।’ एमाले महाधिवेशन मङ्सिर २७ गते सल्लाघारीमा उद्घाटन समारोह चल्नेछ भने २८ र २९ गते भृकुटी मण्डपमा बन्दसत्र हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण