चुनाव र महाधिवेशनको काम सँगसँगै अघि बढाउने राप्रपाको निर्णय
शुक्रबार, २६ मङ्सिर २०८२, १६ : ५५
सारांश
- राप्रपाले फागुन २१ गते हुने निर्वाचन र महाधिवेशनका कामलाई सँगै अघि बढाउने निर्णय गरेको छ।
- अध्यक्ष राजेन्द्र लिङदेनले चुनावको तयारी र महाधिवेशन सँगसँगै लैजान निर्देशन दिने बताए।
- राप्रपाले राजनीतिक समस्याको समाधान नगरी चुनावले निकास नदिने र संविधान संशोधनको माग गरेको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २१ गते हुने निर्वाचन र पार्टीका नियमित महाधिवेशनका काम, सङ्गठन निर्माणलाई एकैसाथ परिचालन गर्ने भएको छ ।
शुक्रबार राप्रपा केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी महाधिवेशनको काम र चुनावको तयारी सँगसँगै अघि बढाउन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको बताए ।
यद्यपि, अध्यक्ष लिङ्देनले राजनीतिक समस्याको समाधान नगरी हुने चुनावले निकास दिँदैन भन्ने मान्यतामा राप्रपा अडिग रहेको बताए । राप्रपाले सरकार र जेनजीबिच भएको सहमतिमा साझा धारणा नबनेको भन्दै उक्त सम्झौता कार्यान्वयनको समय सीमा समेत निर्धारण नगरेको भन्दै गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको सवालमा आम जनभावनाको प्रतिनिधित्व हुने गरे संविधान संशोधन गर्नुपर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण