भोलि दिनभर कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने
शुक्रबार, २६ मङ्सिर २०८२, १७ : ३९
सुर्खेत । नेपाल विद्युत् प्राधिकरण, सुर्खेत वितरण केन्द्रले भोलि शनिबार कर्णाली प्रदेशका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको काम चलिरहेकोले विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको हो ।
प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने छ ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन खण्डको निर्माणाधीन बाँके जिल्ला कोहलपुर नगरपालिका—१० चप्परगौडि टावर र सुर्खेततर्फ भेरीगंगा नगरपालिका–४ हर्रे–च्यामिरेबिचमा तार तान्ने कार्य हुने छ ।
उक्त स्थानमा हाल सञ्चालनमा रहेको कोहलपुर–सुर्खेत ३३ केभी तथा ११ केभी लाइन क्रसिङ हुने हुँदा सुरक्षाका कारण लाइन बन्द गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
अबको यात्रा विकास र समृद्धि नै हो : सचेतक परियार
-
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बन्न सात जना प्रारम्भिक सूचीमा
-
मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द
-
तीन सय ५० सेवाग्राहीको घरमै राहदानी
-
किसानको पहुँचमा डिजिटल सेवा विस्तार गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण