नेताको विरोध गर्ने नाममा मर्यादा नाघ्न पाइँदैन : राठौर
सारांश
- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेताको विरोध मर्यादा नाघेर गर्न नहुने बताए।
- उनले पार्टीभित्रको गुटबन्दी स्वाभाविक भए पनि पार्टीको हित विपरितका काम गर्न नहुने बताए।
- राठौरले पार्टीको आगामी महाधिवेशन र निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरे।
दाङ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेताको विरोध हुनु स्वाभाविक भए पनि नेताको विरोधको नाममा मर्यादा नाघ्न नपाइने बताएका छन् । कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई आज लमहीमा सम्बोधन गर्दै सहमहामन्त्री राठौरले सो कुरा बताएका हुन् ।
उनले नेताको कार्यशैलीको विरोध लोकतान्त्रिक संस्कारभित्रै पर्ने तर नेताको विरोधको नाममा मर्यादा नाघ्न कसैले नपाउने बताए ।
कांग्रेसमा वीपी, सुवर्ण, गणेशमान र कृष्णप्रसादकै पालामा पनि गुट एवं आन्तरिक प्रतिस्पर्धा हुने गरेको, त्यो आज पनि रहेको र भोलि पनि रहने बताए । कांग्रेसमा गुट एवं आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो तर त्यसको नाममा चार तारे झन्डा र रुख चिन्हमाथि अहित हुने काम कसैले गर्न पाउँदैन उनले भने ।
राज्यका तीनवटै अंग जलाइएको, दर्जनौँ नेपाली मारिएको, पार्टीका केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालय ध्वस्त पारिएको, सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणामाथि आक्रमण गरिएका बेला संयमता देखाउनुपर्नेमा पार्टीकै नेताहरूद्वारा अमर्यादित क्रियाकलाप प्रस्तुत गरिएको भन्दै नेता राठौरले आक्रोश व्यक्त गरे ।
आफूहरूले पनि विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको कार्यशैलीको विरोध गरेको तर उनीहरूको योगदानको अवमूल्यन कहिल्यै नगरेको सहमहामन्त्री राठौरले बताए ।
पार्टीले १५ औँ महाधिवेशन र आमनिर्वाचनको तयारी सँगसँगै अघि बढाएको जानकारी दिँदै सिद्धान्त, आस्था र सङ्गठनले जित्ने पार्टी नेतृत्व र कांग्रेसले जित्ने निर्वाचनका लागि तल्लोदेखि माथिल्लो तहसम्मका नेता कार्यकर्ता सक्रिय हुनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण