पदभार ग्रहण
श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोड्न कठोर कदम चाल्छु : मन्त्री भण्डारी
शुक्रबार, २६ मङ्सिर २०८२, १७ : ५०
काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको सङ्गठित अपराधको जालो तोड्न आफूले कठोर कदम चाल्ने घोषणा समेत गरे ।
स्पेसल टाक्सफोर्स नै बनाएर सो काम आफूले गर्न चाहेको उनको भनाई थियो । नवनियुक्त मन्त्री भण्डारीले आफूले लामो भाषण नभई कामै गरेर देखाउने अठोट लिएको पनि बताए ।
मन्त्री भण्डारीले गृह मन्त्रालयको समन्वयमा आफूले श्रम सम्बन्धी अपराध अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण