‘मन्त्रिपरिषद् विस्तारले समयमा चुनाव हुने आशंकामा बल पुग्यो’
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा चुनाव आउन ८३ दिन मात्र बाँकी रहेको बेला सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेको चौथो पटक मन्त्रिपरिषद् विस्तारमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्रीमा माधव चौलागाईं, श्रम तथा सामाजिक सुरक्षा मन्त्रीमा राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा कुमार इङ्नाम परेका छन् ।
पहिलो चरणमा मन्त्रिपरिषद् गठन गर्दा प्रधानमन्त्री कार्कीले यो चुनाव सरकार भएकाले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने घोषणा गरेकी थिइन् । तर मन्त्रिपरिषद् १४ सदस्यीय भइसकेको छ । यसअघिको सरकारमा २१ सदस्यीय मन्त्रिपरिषद् थियो ।
चुनाव गराउने कार्यभार लिएर आएको सरकार मन्त्रिपरिषद् विस्तारमा लागेपछि समयमा निर्वाचन नहुने हो कि भन्ने आशंकालाई बल मिलेको देखिएको छ । पूर्वराजदूत निलाम्बर आचार्यले चुनावको मुखमा मन्त्रिपरिषद् विस्तार गरेर यो सरकारले कतै चुनाव नगराउने हो कि आशंका उत्पन्न भएको बताए ।
‘आजको मन्त्रिपरिषद् विस्तारले फागुन २१ गते चुनाव हुँदैन कि भन्ने शंकालाई बल पुर्याएको छ । नत्र केही आवश्यक मन्त्री बनाएर चुनावको तयारीमा लाग्नुपर्ने सरकार मन्त्री बनाउनमै लागेको छ ।’
प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल अझै विस्तार गर्ने तयारी गरिरहेको बुझिएको छ । मन्त्रिपरिषद् विस्तारलाई लिएर जेनजी समूहबिच नै एकरुपता देखिँदैन ।
अचानक मन्त्रिपरिषद् विस्तार हुँदा तोकिएको समयमा चुनाव हुनेमा आशंका व्यक्त भइरहेको छ । अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘मन्त्रिपरिषद् विस्तार र चुनाव अलग-अलग कुरा हो, मन्त्रिपरिषद् विस्तार हुँदैमा चुनाव हुँदैन भने होइन तर यो छोटो समयका लागि किन मन्त्रिपरिषद् विस्तार भएको हो भन्ने प्रश्न चाहिँ गर्न सकिन्छ ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण