बागलुङका दुवै क्षेत्रबाट कांग्रेसले गर्यो उम्मेदवार सिफारिस
पोखरा । नेपाली कांग्रेस बागलुङका दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् । दुवै क्षेत्रले जिल्लामा आफ्ना उम्मेदवारका आकाङ्क्षी सिफारिस गरेका हुन् ।
क्षेत्र नम्बर १ बाट जेनजी पुस्ताका सुजन सापकोटा सहित १० जनाको नाम प्रत्यक्षमा सिफारिस भएको छ भने समानुपातिकमा ७ र राष्ट्रिय सभाका लागि २ जनाको नाम सिफारिस भएको छ ।
प्रत्यक्षमा सिफारिस भएका सापकोटा कृषि अभियन्ता हुन् । उनले कृषि विषयमै मास्टर डिग्री पास गरेका छन् ।
२ वर्षदेखि उनले बागलुङका ३० वडामा विद्यार्थी र किसानलाई फलफूलका विरुवा वितरण गरिरहेका छन् । हालसम्म १० हजार विरुवा वितरण गरिसकेको उनले बताए ।
प्रत्यक्षतर्फ सापकोटासँगै किरण शर्मा पौडेल, जगन्नाथ आचार्य, दलबहादुर श्रीस राना, प्रकाश शर्मा पौडेल, भीम श्रीस, मणिभद्र शर्मा कँडेल, सागर परियार, सुजन सापकोटा, सीतादेवी सापकोटा कँडेल, हरिप्रसाद आचार्यको नाम सिफारिस भएको हो ।
समानुपातिकतर्फ पदमबहादुर पुन, पार्वती आचार्य, रामबहादुर केसी, रत्ना शेरचन, शकुन्तला शर्मा, शेरबहादुर विश्वकर्मा, हरिप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ । राष्ट्रिय सभातर्फ ईन्द्रराज पौडेल र विष्णु पौडेलको नाम सिफारिस भएको हो ।
क्षेत्र नम्बर २ बाट प्रत्यक्षका लागि १०, समानुपातिक ४ र राष्ट्रिय सभाका लागि ३ जनाको नाम सिफारिस भएको बागलुङ काँग्रेसले जनाएको छ । प्रत्यक्ष तर्फ अर्जुन शेरचन, टेकराज पौडेल, नरबहादुर पुन निरज, मञ्जेशबम मल्ल, गिता श्रीष, धुव्र गौतम, डण्डापानी शर्मा ऋषिराम कँडेल, डिलाराम शर्मा र देवेन्द्र कुमार घर्ती मगर सिफारिस भएका छन् ।
समानुपातिक तर्फ रेणुका काउचा मगर, सागर छन्त्याल, माया केसी र भिमु क्षेत्री सिफारिस भएका छन् ।
राष्ट्रिय सभाका लागि रामप्रसाद आचार्य, डा. शान्तराज न्यौपाने र मेखलाल शर्माको नाम सिफारिस भएको क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए ।
उनका अनुसार सबै नाम जिल्ला समितिबाट केन्द्रमा सिफारिस गर्ने तयारी छ । यसबारे थप छलफल गर्न शनिबार जिल्ला कार्यसमितिको बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण