एमाले महाधिवेशनमा भएका साथीहरू आउनुहोस्, एउटै बाटोमा अघि बढौँ : झलनाथ खनाल
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा नेपाली विशेषताको समाजवाद ल्याउनुपर्ने बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजानु नै अबको मुख्य विकल्प रहेको बताएका हुन् ।
सम्बोधनका क्रममा नेता खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठेको टिप्पणी गरे । उनले भने- ‘पुँजीवादको अन्त्य र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्युनिस्टहरू मिलेर समाजवाद स्थापना गर्नुको विकल्प छैन ।’
शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित रूपान्तरण गर्न नसकिएको स्वीकार गर्दै खनालले सबै जनताले गाँस, बास र कपाससहित शिक्षाको सहज पहुँच पाउने नेपाल निर्माण गर्न समाजवाद अपरिहार्य रहेको जिकिर गरे ।
सोही अवसरमा उनले नेकपा एमालेलाई पनि एकता र समाजवादको बाटोमा आउन आग्रह गरे । एमाले पङ्क्तिलाई लक्षित गर्दै उनले भने- ‘म एमाले महाधिवेशनमा भएका साथीहरूलाई भन्छु, आउनुहोस्, एकै बाटोमा अघि बढौँ । हामी एउटै कम्युनिस्ट शक्ति बनेर अघि बढ्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण