एमाले महाधिवेशन
सल्लाघारीबाट ओलीको उद्घोष : संसद पुनर्स्थापना गराएर छाडिन्छ
शनिबार, २७ मङ्सिर २०८२, १५ : १७
सारांश
- केपी शर्मा ओलीले संसद पुनर्स्थापना गराउने उद्घोष गरेका छन्।
- ओलीले एमालेको भक्तपुरको उपस्थिति एउटा सानो अंश भएको बताए।
- उनले देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने र संविधानलाई ट्र्याकमा ल्याउने संकल्प व्यक्त गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना गराएरै छाड्ने उद्घोष गरेका छन् । भक्तपुरको सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘यो मानिसहरूको भीड मात्र होइन, देश जोगाउने आन्दोलन र अभियान हो’, ओलीले भने, ‘यसलाई कसैले पनि गल्तीले पनि अन्डर माइन्ड नगरोस् ।’ उनले एमालेको भक्तपुरको उपस्थिति एउटा थोपा मात्र भएको भन्दै एमालेलाई होच्याउने र जिस्काउने काम नगर्न चेतावनी दिए ।
‘देशलाई लोकतान्त्रिक बाटोमा फर्काएर छाडिन्छ, संसद पुनर्स्थापना गराएर छाडिन्छ, संविधानलाई ट्र्याकमा ल्याएर छाडिन्छ, यो एमालेको सङ्कल्प हो’, ओलीले यो सङ्कल्पमा सबैलाई लाग्न आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण