एमाले महाधिवेशन : भृकुटीमण्डपमा भेला हुन थाले नेता–कार्यकर्ता (तस्बिरहरू)
सारांश
- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ।
- बन्दसत्रले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।
- नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयास भइरहेको छ, नसके मतदान हुनेछ।
काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सञ्चालन हुने भएपछि नेता कार्यकर्ता भृकुटीमण्डपमा भेला हुन थालेका छन् ।
बिहान ८ः०० बजे बोलाइएको महाधिवेशन बन्दसत्र भने १२ः३० बजेका लागि सरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । बिहान ९ बजेको लागि केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो ।
बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।
_SpplcOyovK.jpg)
महाधिवेशनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन भइसकेको छ । त्यस्तै, महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।
_A3m4nO9r8j.jpg)
नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ ।
_BIHUEVcEW9.jpg)
_IlVeCi5Whh.jpg)
_THa3XmLU4y.jpg)
_7Uy3v4DxHa.jpg)
_eZKTG84CeM.jpg)
_LwGoh3R6cM.jpg)
_K2RkbgtdGb.jpg)
_gzlYUwB3Ju.jpg)
_COPlH7A1cA.jpg)
_r1QVvyNsDx.jpg)
_4nC1LhBtsO.jpg)
_WIbdNlZS5i.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण