शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कपिल शर्माको फिल्म ‘किस किसको प्यार करुं २’ को व्यवसाय कस्तो छ ?

आइतबार, २८ मङ्सिर २०८२, ११ : १३
आइतबार, २८ मङ्सिर २०८२

मुम्बई । सन् २०१५ मा रिलिज भएको कपिल शर्मा अभिनित फिल्म ‘किस किसको प्यार करुं’ को सिक्वेल ‘किस किसको प्यार करूं २’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । साे फिल्म यस्तो समयमा रिलिज भयो कि जतिबेला सबैतिर फिल्म ‘धुरन्धर’ले व्यवसाय गरिरहेको छ ।

साे फिल्मले शुक्रबार ओपनिङ डे मा १.८५ करोड (भारु) कलेक्सन गर्दै सुरुवात गरेको थियो । दोस्रो दिन आम्दानी बढाउँदै २.५० करोड कमाएको छ । फिल्मको दुई दिनको कुल कलेक्सन ४.३५ करोड रुपैयाँ छ ।

मिडिया रिपोर्टअनुसार फिल्मको बजेट करिब ३५ करोड रहेको छ । बजेटसँग तुलना गर्दा ओपनिङ डे को कमाइ औसतभन्दा कम नै रह्याे । दोस्रो दिन वृद्धि भए पनि यो कमेडी फिल्मले बजेटको १० प्रतिशत पनि कमाउन सकेको छैन । 

फिल्म ‘किस किसको प्यार करूं’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो । सोही फिल्मबाट कपिल शर्माले अभिनयमा डेब्यू गरेका थिए । करिब १० वर्षपछि उनी यसको सिक्वेलमा देखिएका हुन् । 

अनुकल्प गोस्वामीको निर्देशन रहेको ‘किस किसको प्यार करूं २’ मा कपिल शर्माका अलावा मनजोत सिंह, आयशा खान, त्रिधा चौधरी, पारुल गुलाटी, हिरा वरिन र सुशान्त सिंह जस्ता कलाकारको अभिनय छ । फिल्मलाई अब्बास-मस्तान, गणेश जैन र रतन जैनले निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप